Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

क्यान्सर पिडित कलाकार घनश्याम गौतमलाई नेपाल चलचित्र कलाकार संघद्धारा आर्थिक सहयोग ।

Wednesday, August 16, 2023 National Power

काठमाण्डौ – क्यान्सर रोगको उपचार गराई रहनु भएका कलाकार घनश्याम गौतमको स्वास्थ अवस्था बारे जानकारी लिन नेपाल चलचित्र कालकार संघपरवार भक्तपुर स्थित क्यान्सर अस्पताल पुगेको छ ।
नेपाल चलचित्र कलाकारसंघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा सचिव रामेश्वर बुर्लाकोटी , कोषाध्यक्ष सुनिल कटुवाल, सह- कोषाध्यक्ष तथा कलाकार कल्याणकारी कोषका संयोजक पवित्रा आचार्य कार्यकारी सदस्यहरू पुकार भट्टराई, पवन के।सी, नम्रता खरेल कलाकार सहायता तथा अनुगमन समितीका सदस्य बबिता ढकाल , आजीवन सदस्य सामना सिटौला लगायतका कलाकार भत्तपुर स्थित क्यान्सर अस्पताल पुगेका हुन ।

संघको कार्यसमितीको तर्फबाट उठेको सहयोग रकम र अमेरिकामा बसोबास गर्दै आउनु भएका अभिनेता गणेश उप्रेतीले पठाउनु भएको सहयोग रकम गरी जम्मा रू ३६६६४ (छत्तिस हजार छ सय जौसठ्ठी ) रूपैया घनश्याम गौतमलाई आर्थिक सहयोग गरिएको छ ।
साथै संघको आजिवन सदस्य सामना सिटौलाले अमेरिका , बेलायत र अष्ट्रेलीयामा बसोबास गरी आउनु भएका आफन्त तथा शुभचिन्तकले पठाउनु भएको रकम एक लाख संघको रोहबरमा कलाकार घनश्याम गौतम लाई हस्तान्तरण गरेकि छन् । भने सोही अस्पतालमा उपचार गराई रहनु भएका कलाकार भुवन खड्काको पनि स्वास्थ अवस्था बारे जानकारी लिइएको नेपाल चलचित्र कलाकार संघ कलाकार कल्याणकारी कोषकी संयोजक पवित्रा आचार्यले जानकारी दिएकि छन्