Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सहकारी पीडितको आन्दोलन : तत्काल कर्जा सुरक्षण कोष स्थापना गर्ने सहमति

Friday, August 4, 2023 National Power

काठमाडौँ – सहकारी संघ संस्थामा रहेको बचतकर्ताहरुको बचत फिर्ताको ग्यारेन्टीका लागि तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरिने भएको छ । बिहीबार आन्दोलनरत पक्ष सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिसँग ७ बुँदे सहमति गर्दै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस्तो सहमति गरेको हो ।

सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाएको छ । साथै, सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई समेत छिटो छरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधीकरणको स्थापना गर्न मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ ।

सहकारी संस्थामा देखिएका विकृति, विसंगति हटाई सहकारीको मूल्य, मान्यता र सिद्दान्तअनुसार सहकारी क्षेत्रको सुधार गर्न विद्यमान कानुनी व्यवस्थाभित्र तत्काल सुधार गर्न सकिने र कानून संशोधन गर्नुपर्ने भए त्यस्तो विषयमा समेत तत्काल मन्त्रालय, सहकारी विभाग र समस्याग्रस्त व्यवस्थापन समितिबाट आवश्यक गृहकार्य अघि बढाउने सहमति पीडित पक्षसँग मन्त्रालयले गरेको छ ।

उसो त हालै मात्र सहकारी क्षेत्रको सुधारको लागि सुझाव दिन नेपाल सरकार मन्त्रीपरिषदबाट गठित ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा बचतकर्ता सदस्यको अधिकतम हित संरक्षण गर्ने उद्देश्यले अनसन र धर्नामा रहेका सहकारी संस्थाका बचतकर्ताहरुको समेत प्रतिनिधित्व गराउनेगरी ३ जना प्रतिनिधि आमन्त्रित सदस्यको रुपमा समावेश गराउने निर्णय समेत गरेको छ ।