Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चर्चित गायक कस्तुप पन्तको मन्दिरमा गजुरले टिकटकमा तरंग

Wednesday, July 26, 2023 National Power

काठमाडौँ – चर्चित सर्जक तथा गायक कस्तुप पन्तको पछिल्लो प्रस्तुति ‘मन्दिरमा गजुर’ बोलको गीतले टिकटकमा अत्याधिक लोकप्रियता कमाएको छ । हरितालिका तीजको मेसो पारेर सार्वजनिक भएको उक्त गीतमा टिकटक बनाउनेहरुको होड चलेको छ भने बनाइएका टिकटक भिडियोको दर्शकहरु पनि लाखौं देखिएका छन् ।

गीतको शब्द तथा लय श्रृजना कस्तुप पन्तको रहेकोछ भने स्वर गायिका सुनिता बुढा क्षेत्री रहेको छ । रमेश सेन्चुरीले लय र शब्दलाई अझ ओझिलो बनाउने संगीत संयोजन गरेका छन् । गीतलाई पछिल्लो समयका चर्चित कलाकार विमल अधिकारी र उषा उप्रेतीको नृत्य तथा अभिनयसहितको भिडियोले अझ रोचक बनाएको छ । ‘मन्दिरमा गजुर’ गीतको भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

कस्तुप पन्त नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको भिडियोलाई यो समाचार तयार पार्दासम्म ३ लाख २९ हजार ७ सय उनानब्बे पटक हेरिएको छ । हाल भिडियो युट्युबको ट्रेण्डिङ नंं १६ मा चढेको छ ।