Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

शैलुङ्गको आलु मन्त्री किराँतीलाई (भिडियो सहित)

Tuesday, July 25, 2023 National Power

काठमाडौं –  “हाम्रो अभियान, कृषकलाई प्रोत्साहन” भन्ने मुल नाराका साथ दोलखा शैलुङ्ग गाउँपालिका भित्र उत्पादित हुने आलुको ब्राण्डिङको लागि गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि. को ब्यानरमा कृषकको हातबाट बिभिन्न राजनीति दलका शिर्ष नेतालाई कोशेलीको रुपमा आलु उपलब्ध गराउने क्रममा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीलाई कार्य कक्षमै पुगेर आलु हस्तारन्तरण गरिएको छ । पिम नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक माधव राज खरेलको उपस्थितिमा हस्तान्तरण गरिएको उक्त कार्यक्रममा कलाकार तथा च्छोरोल्पा मिडियाका प्रविन थपलिया, जानकी बज्रचार्य तथा स्थानिय कृषक प्रविन बस्नेत लगायत दोलखाका किसानहरुको सहभागीता रहेको थियो ।

उक्त अवसरमा मन्त्री किराँतीले कृषकहरुलाई स्वदेशी उत्पादनमा यसरी अग्रसर भई लागेको र स्थानिय उत्पादनलाई महत्व दिएकोमा खशी समेत व्यक्त गरेका छन् । मन्त्री किराँतीले कृषिको मध्यमवाटै नेपालको विकास गर्न सकिने समेत बताए । उनले शैलुङको आलुलाई प्रवद्र्धन गर्नको लागी गरिने प्रयासका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साथ र सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा. लि. का अध्यक्ष प्रविन थपलियाले गाउँपालिकाभित्र पछिल्लो समयमा आलु उत्पादनमा उत्साहजनक रुपमा बृद्धि भएको र उत्पादित आलु शिर्ष नेता र मन्त्रीलाइ कोशेली स्वरुप उपलब्ध गराउन पाएकोमा आफुहरुलाई खुशी लागेको वताए ।

शैलुङ्ग गाउँपालिकाभित्र बार्षिक रुपमा ९० हजार मेट्रिटन भन्दा बढी आलु उत्पादन हुने गरेको छ । गाउँपालिका भित्रका किसानको मुख्य आय स्रोतको रुपमा आलु खेति लिने गरिन्छ । आलु उत्पादनको पर्याप्त सम्भावना भएको दोलखा सैलुङ्ग स्थानीय तहले यसको उत्पादन वृद्धि गर्नका लागि पर्याप्त लगानी गर्न कृषकलाई प्रोत्साहन होस् भनेर आलू उपहार दिइएको हो अध्यक्ष थपलियाले बताए ।

कार्यक्रममा चलचित्र निर्देशक माधब राज खरेलले भने “सैलुङ्गमा उत्पादन हुने आलु स्थानीय बजारको साथै काठमाडौं तथा देशको विभिन्न बजारमा समेत पुग्दछ । विगतमा मुडेको आलुको नामले काठमाडौंमा पुग्ने यहाँको आलु अहिले भने सैलुङ्गको आलुको नामले समेत परिचित छ । त्यहाँ उत्पादन गरिएको आलुलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आलुको ब्राण्ड निर्माणको लागी राज्य पक्षको लगानी हुनुपर्ने वताउँदै अब यहाँको आलु नेपालभर सैलुङ्गको आलुका नाममा परिचित गराउन हामी सवैको महत्वपुर्ण भुमिका रहने वताए ।

दोलखा जिल्लाको शैलुङ्ग क्षेत्र गुणस्तरीय आलु उत्पादन हुने क्षेत्र हो । विगतमा सडकको पहुँच नपुगेको कारण उत्पादित आलु बजारसम्म पुर्याउन समेत समस्या थियो । तर अहिले गाउँसम्म सडक पुगेपछि ती क्षेत्रमा उत्पादित आलु बजारसम्म पुग्न लागेका छन् ।