Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

डि सिने अवार्डको १३ औं र १४ औं संस्करण सम्पन्न

Tuesday, July 4, 2023 National Power

काठमाण्डौ- छाँयाछवि क्रियशनद्वारा वर्षेनी आयोजना गर्दै आइरहेको चलचित्र पुरस्कारको कार्यक्रम डि सिने अवार्डको १३ औं र १४ औं संयुक्त रुपमा सोमबार सम्पन्न भएको छ भने १५ औं संस्करण पनि यसै वर्षको कार्तिक तिर हुने कुरा आयोजक समितिका अध्यक्ष शान्तिप्रियले बताउनु भएको छ ।

सोमबार राजधानीको रसियन हाउसमा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा अध्यक्ष शान्तिप्रियले बताउनु भए अनुसार विश्वभर फैलिएको कोभिड महामारीको कारण चलचित्र जगत थप्प भएको थियो । सोही कारणले गर्दा अवार्ड कार्यक्रम हुन नसकेको र अहिले आएर बल्ल गर्न सकेको कुरा उल्लेख गर्नु भयो ।

सो अवार्ड समारोहमा २०७७ सालमा प्रदर्शित चलचित्रहरु मध्ये “श्री ” चलचित्रबाट निर्देेशक एभरेष्ट सुर्य बोहोरा , ” हिरो रिटर्न्स ” बाट अभिनेता सबिन श्रेष्ठ र ” लक्ष्मी पुजा ” बाट अभिनेत्री जानवी बस्नेत लाई अवार्ड प्रदान गरिएको छ ।

कोरोनाको कारण चलचित्र कम संख्यामा मात्र प्रदर्शन भएको ले प्रतिस्पर्धात्मक भन्दा पनि प्रोत्साहन स्वरुप प्रदान गरिएको बताइएको अवार्ड कार्यक्रममा २०७७ साल कै लागि नृत्य निर्देशन तर्फ ” गुड फ्रेण्ड ” बाट अजय स्याङ्तान लाई अवार्ड प्रदान गरिएको छ ।

यस्तैगरी २०७८ सालको अवार्ड तर्फ चलचित्र ” म यस्तो गीत गाउँछु २ बाट अर्जुन पोखरेलले सर्वोत्कृष्ट सगीतकार ,  बनिश शाह र मिलन श्रेष्ठले सर्वोत्कृष्ट सम्पादक , पुजा शर्माले सर्वोत्कृष्ट अभिनेत्री , पल शाहले सर्वोत्कृष्ट अभिनेता , सुदर्शन थापाले सर्वोत्कृष्ट निर्देशकको  अवार्ड लगायत सर्वोत्कृष्ट चलचित्रको समेत अवार्ड हात पार्न सफल भएको थियो ।

यस्तैगरी पुरुषोत्तम प्रधानले ” लप्पन छप्पन २ ” बाट सर्वोत्कृष्ट छायाँकार , डिन्स पाल्पालिले ” चिसो एष्ट्रे ” बाट  सर्वोत्कृष्ट लेखक,  ” हेलो जिन्दगी ” बाट सर्वोत्कृष्ट द्वण्द निर्देशक र रामजी लामिछानेले ” आकाशे खेती ” बाट सर्वोत्कृष्ट नृत्य निर्देशकको अवार्ड जित्न सफल भएको थियो ।

विशिष्ट कलाकर्मि मोहन निरौला , संगीतकार सन्तोष श्रेष्ठ , निर्दशक राजेन्द्र उप्रेती र अभिनेत्री शोभिता सिंखडा निर्णायक रहेको निर्णायक मण्डलले अवार्ड निर्णय गरेको यस अवार्ड समारोहमा ” हेलो जिन्दगी ” बाट एभरेष्ट सुर्य बोहोरा , गायिका प्रविशा अधिकारी र राजन राज सिवाकोटी लाई जुरी अवार्ड प्रदान गरिएको थियो ।

यस्तैगरी कुबेर गिरीलाई नगद राशी १४, ४१४ सहित छायाँछवि पत्रकारिता पुरस्कार प्रदान गरिएको यस समारोहमा अभिनेता अर्जुन श्रेष्ठ र अभिनेत्री तथा निर्देेशक दीपाश्री निरौलालाई चलचित्रकर्मि रजत सम्मानबाट सम्मानित गरिएको छ ।