Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

७७ जिल्लाकै उत्कृष्ट सहकारी अभियान पुरस्कार जिल्ला सहकारी संघ लि. काभ्रेलाई

Sunday, July 2, 2023 National Power

 अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
शनिबार राष्ट्रिय सहकारी महासंघ लि.ले आयोजना गरेको १०१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोक ७७ जिल्लामध्ये उत्कृष्ट जिल्ला सहकारी संघको रुपमा पुरस्कृत भएको छ । संघीय संसदका सम्माननीय सभामुख देवराज घिमिरेज्यूको हातबाट जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले उक्त पुरस्कार तथा सम्मान प्राप्त गरेका हुन ।

जिल्ला सहकारी संघ लि. ले केहि बर्षदेखि निकै उत्साहपूर्ण रुपमा जिल्लामा सहकारी विकास, विस्तार तथा प्रवद्र्धनका हिसावले उत्कृष्ट कार्य गर्दै आइरहेको छ । १४९५ वटा सहकारी संस्थाहरु रहेको यस जिल्लामा सहकारीको क्षेत्रमा संस्थाहरुको वृद्धि विकास सहित क्षमता अभिवृद्धि, सचेतनामूलक कार्य गर्दै आवश्यकताका आधारमा सहकारी संस्थाहरुका लागि व्यवसाय प्रवद्र्धन र उत्पादनमूलक कार्यका लागि ऋण लगानीका कार्यहरु समेत गर्दै आइरहेको संघका अध्यक्ष दिलिप शर्माले जानकारी दिनुभएको छ ।

पुरस्कार पाउँदा निकै हर्षित भएको विचार राख्दै जिल्लाको अभियानमा यो सबै जिल्लावासीहरुको खुसीको बिषय भएको र यही उचाईंलाई सदा कायम गर्दै आफु रहुन्जेल सुशासन, पारदर्शी र जवाफदेही हिसावले संघ-संस्थाको वृति विकासमा निरन्तर लागि पर्ने धारणा राख्नुभएको छ । पुरस्कारसँगै चूनौतीहरु पनि थपिएको महसुश गदै वहाँले पुरस्कार प्राप्त गर्दै गर्दा आगामी दिनहरुमा पनि अझै सशक्त रुपमा नयाँ नयाँ खालका योजनाहरु बनाई संस्थाहरुको आर्थिक अवस्था सुधार तथा हाल देखिएको समस्या समाधान गर्नका लागि अनेकौं समस्याहरु समाधान गर्ने बाटोमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पुरस्कार सम्पूर्ण काभ्रे जिल्ला सहकारी अभियानसँगै सामाजिक संंघ-संस्थाहरुको सहयोग, सद्भाव, आशा र भरोसा अनि विश्वासका कारण प्राप्त भएकोले हाल जसरी जिल्ला सहकारी संघ लि. लाई माया गर्दै यो उचाईंसम्म पु्रयाउने अवस्थामा ल्याई पुर्याउन भयो सोही अनुरुप आगामी दिनहरुमा समेत यस्तै खालका सहयोग र साथको अपेक्षा राखेको र अभियानको आशा नमर्ने गरी कार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । साथै पुरस्कारका लागि सहि मूल्यांकन गरेर यो अवस्थामा विस्वास गर्नुभएकोमा राष्ट्रिय सहकारी महासंघ परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । जिल्ला संघ काभ्रेले आफ्नै सुविधा सम्पन्न ५ तल्ले भवन निर्माण गरी कार्यालय समेत नयाँ भवनमा सुरु गरेको छ भने समयानुकूल नयाँ नयाँ विभिन्न खालका राष्ट्रियस्तरका कार्यक्रमहरु गर्दै आइरहेको छ ।