Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बनेपा जुनियर क्रिकेट क्लबको पुनर्गठन तथा भेटघाट कार्यक्रम सम्पन्न

Saturday, June 24, 2023 National Power

काभ्रेपलान्चोक – बनेपा जुनियर क्रिकेट क्लबले २५ औं रजत जयन्तीको अवसरमा आयोजित पुनर्गठन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

बनेपाको पार्टी भेन्युमा आयोजित उक्त कार्यक्रममा निशान कर्माचार्यको सभापतित्वमा काभ्रे फुटबल संघका कार्यवाहक अध्यक्ष महेश कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उर्जाशिल युवाहरुको पहलमा २०५५ सालमा स्थापन भएको बनेपा जुनियर क्रिकेट क्लबले तिन वटा राष्ट्रिय स्तरको क्रिकेट गर्नुको साथै स्थानीय स्तरको दुई वटा, सुभेन्द्र स्मृति क्लबको सह-आयोजकको भुमिका निर्वाह गरेको थियो ।

बनेपा जुनियर क्रिकेट क्लबले निशान कर्माचार्यको अध्यक्षमा १६ कार्यसमितिको पुनर्गठन गरेका छ । उक्त कार्यसमितिमा उपाध्यक्षहरु प्रणय सिंह मुसाजु, रोहिस कायस्थ, प्रबिन भोछिभोया, सचिब सुशील श्रेष्ठ, सह-सचिब कोलित शाक्य, कोषाध्यक्ष शेसन ताम्राकार, सह-कोषाध्यक्ष कबिन शाक्य र सदस्यहरुमा रोनिश ताम्राकार, रमेश अवाल, रोबिन भोछिभोया, राजकुमार खुप्पा, सौचन तौजले, सुरज दाहाल, रितेश कायस्थ, सरोज रन्जितकार रहेका छ्न ।

बनेपा जुनियर क्रिकेट क्लबले काभ्रेको क्रिकेट बिकासमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने विजित शाक्य, अशोक रत्न शाक्य, रुपेश कायस्थ र काभ्रे खेलकुद बिकासमा योगदान दिनु भएका महेश कुमार कर्माचार्यलाई सम्मान गरेका हुन ।

उक्त कार्यक्रम सितेरियो कराते संघका केन्द्रिय सदस्य प्रताप बैध, खेलकुद क्षेत्रमा योगदान गर्ने विजित शाक्य, रुपेश कायस्थ, अशोक रत्न शाक्य लगाएको उपस्थिति रहेको थियो ।