Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

नवोदित गायक शन्नि शिर्षकको पहिलो गित अभिलाशा बजारमा

Monday, June 19, 2023 Devil Singh Rajput

काठमाडौं ।नवोदित गायक शन्नि शिर्षकले आफ्नो पहिलो गित अभिलाशा बजारमा ल्याएका छन् । उक्त गित ओ एस् आर डिजिटलले बजारमा ल्याएको हो । रोमान्टिक वियोगान्त कथा शैलीमा गाइएको ‘अभिलाशा’मा गायक स्वंयमकैे शब्द र कम्पोज रहेकोछ । ्गितारिस्त फिरोज बज्राचार्यले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा क्रिस्तिना के।सी। तथा शन्नि शिर्षक जोडिको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ । गीत रेकर्ड ज्योति रेकर्डले गरेका हुन् भने म्युजिक भिडिओको छायाँकन उत्सव दाहाल तथा सम्पादन बिकास दाहालको रहेको छ । म्युजिक भिडिओ निर्देशन भने चर्चित निर्देशक सोनाम पाख्रिनले गरेका हुन्। धेरै बर्षको मेहनत पछि सार्वजनिक यो गीतबाट निकै आशावादी रहेको बताउँछन् गायक शन्नि शिर्षक ।

संगित जिवन हो, साधना हो तर सजिलो त पक्कै पनि छैन । परीवारको साथसहयोग र कडा मेहेनतबाट यसै क्षेत्रको चम्किलो ताराको रुपमा चिनाउने आफुले लक्ष्य लियको गायक शन्नि शिर्षक बताउँछन् ।