Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

महेन्द्र नारायण निधी अस्पतालको कार्यकारी निर्देशकमा डा. किरण जंग कुँवर

Sunday, June 18, 2023 National Power

महेन्द्र नारायण निधी अस्पतालको कार्यकारी निर्देशकमा डा.किरण जंग कुँवर कार्यभार सम्हालेका छन्। अस्ति देखि डा.कुँवरको नेतृत्वमा नयाँ ढंगले सेवा प्रवाह गर्न लागिएको अस्पतालले जानकारी दिनुभयो।
सामुदायिक अस्पतालको रुपमा रहेको महेन्द्र नारायण निधी अस्पतालमा सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गरिने डा. कुँवरले बताए। यस अस्पताललाई नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाई हप्ताको ६ दिन नै बिहान र बेलुका गरी ओपिडी सेवा सञ्चालन गरिने उनले बताए।
डा.कुवँर शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वरिष्ठ मुत्ररोग तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञका रुपमा काम गरिसकेका छन्। मिर्गौला जचाऊँ मिर्गौला बचाऊँ भन्ने अभियानका साथ मिर्गौला सम्बन्धी सेवा २४ सै घण्टा उपलब्ध गराउन यस अस्पताल आतुर रहेको डा. कुवँरले बताए।आफु सानै देखि एक उत्सुकता का साथ सोचिरहने हाम्रो देशमा जतिसुकै मूर्गौला का बिमारि हरुले अकालमा ज्यान गुमाउन बाट कसरी रोकावट गर्न सकिन्छ भन्ने सोचिरहने डा कुवर अब म यो अस्पताल लाई अब्बल बनाएर छोड्ने बाचा गर्नु भयो ।