Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पाठकमाझ आयो लेखनाथ पोखरेलको उपन्यास चौथो कृति ‘वनिता’

Friday, June 16, 2023 National Power

काठमाडौं – लेखनाथ पोखरेलको उपन्यास कृति ‘वनिता’ पाठकमाझ आएको छ । यसअघि नियात्रासङ्ग्रह ‘फकलीकोे गाउँ’, कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ र हास्यनिबन्ध ‘चिबे)नकटो’ जस्ता कृति सार्वजनिक गर्नुभएका स्रष्टा पोखरेलको पछिल्लो कृति उपन्यास ‘वनिता’ पाठकमाझ आएको हो ।

सावित्री पोखरेल प्रकाशक रहनुभएको २८४ पृष्ठको यस कृतिको मूल्य ६०० रुपैयाँ राखिएको छ । इप्रेश प्रा.लि.मा मुद्रण गरिएको यो उपन्यासलाई पत्रकार कृष्ण भुसालले सम्पादन गर्नुभएको हो । उपन्यासमा ‘पूर्वाद्र्ध, फूलबारी, जिम्दार्नी बज्यै, मनको मयूर, बचेराको उडान, अल्लारे यौवन, बहकिँदो मन, लेखान्त, सत्पाहन्त, पुनर्मिलन, अन्तद्र्वन्द्व, लगनगाँठो र रङ्गमञ्च’ जस्ता उपशिर्षकहरू रहेका छन् । शृङ्गारिक उपन्यास ‘वनिता’ पोखरेलको चौथो कृति हो ।

‘मैले हाम्रै परिवेशमा भएका विभिन्न समयका पदचाप, घटनाक्रमलाई उपन्यासका रूपमा यहाँहरूसमक्ष प्रस्तुत गरेको छु । बाँकी जिम्मेबारी सुधी पाठकवर्गको काँधमा’, स्रष्टा पोखरेल भन्नुहुन्छ ।