Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सुदूर पश्चिम समाज ल्याक्सिन्टन केन्टकीको दोस्रो साधारण सभा सम्पन्न

Monday, May 22, 2023 National Power

काठमाण्डौ – नेपालको सुदूर पश्चिम क्षेत्रमा बसोबास भई अमेरिकाको केन्टकीमा रहनु भयका सम्पूर्ण सुदूर पश्चिमबासी नेपालीहरुको भाषा, सस्कृति, परम्परा, कलाको संरक्षण र संवर्धन गर्ने, नेपालीहरुबीच आपसी भाइचाराको सम्बन्ध स्थापित गरि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक उन्नति गर्न र समाजलाई एकताबद्द बनाई समाज विकास गर्ने गरी आउदो पुस्तामा नेपालीपन हस्तान्तरण गर्ने प्रमुख लक्ष्य रहेको सुदूर पश्चिम समाज Lexington केन्टकीको दोस्रो साधारण सभा मिति २०२३ मे २० शनिबारका दिन सम्पन्न भयको छ। उद्दव राज उप्रेतीको सभापतित्वमा सम्पन्न भयको साधारण सभाको संचालन मानब शाहले गरेका थिय भने सम्पूर्ण उपस्थित सुदूर पश्चिम बासी महानुभावहरुलाई चुडामणि अवस्थीले स्वागत मन्तब्य राखेका थिय।

सुदूर पश्चिम समाजका अध्यक्ष उद्दव राज उप्रेतीले समाजको प्रगति बिबरण पेश गरेको सभामा समाजको आर्थिक बिबरण समाजका कोषाध्यक्ष बिपिन पन्तले प्रस्तुत गरेका थिय। समाजका सचिव मानब शाहले प्रस्तुत गरेको “सुदूर पश्चिम समाज गठन, संचालन र संरक्षण कार्यविधि २०२३” लाई दोस्रो साधारण सभाले पास गरेको थियो। सो सभाको अतिथिमा रामचन्द्र जोशी, भागरथी पन्त, डम्बर बहादुर खडका, अमर महर, केशब दत्त जोशी, ईश्वरी जोशी र गौरी देबी बिष्ट हुनुहुन्थ्यो। समाजले सुदूर पश्चिम समाजको दोस्रो साधारण सभाकोलागी सहयोग गर्ने पारश खडका, दिपेन्द्र कुँवर, प्रकास पाण्डेय, जनक जोशी, नरेन्द्र पन्त, धवल सिंह ठगुन्ना, दिवाकर भट्ट, चुडामणि अवस्थी, जनक उपाध्याय, उमेश भट्ट लगायत महानुभावहरुलाई सम्मान गरेको थियो। दोस्रो साधारण सभाले तपशिल बमोजिमको नयाँ कार्यसमिति, सल्लाहकार समिति र युवा उपसमिति चयन गर्दै उल्लाहसमय वातावरणमा देउडा खेल्दै सम्पन्न भयको थियो। सम्पूर्णलाई बधाई तथा शुभकामना।

नयाँ कार्यसमिति यस प्रकार रहेको छ।

अध्यक्ष – उद्दव राज उप्रेती उपाध्यक्ष – मानब शाह महिला उपाध्यक्ष- बसन्ती बिष्ट सचिव – सुरेन्द्र सिंह ऎर सह सचिव – निरज शर्मा कोषाध्यक्ष – सुजन सिंह ऎर सदस्य – नारायण भट्ट, जगत तिरुवा, लोकेन्द्र कुँवर, संजिव मार्कन्ड, शोभा बुढा, अशोक परियार र अर्चना शाही सलाहकार समिति संयोजक – चुडामणि अवस्थी सदस्य – रेखा जोशी र नरेन्द्र कलौनी युवा उपसमिति – संयोजक – प्रकाश थापा सदस्यहरु- प्रयाग बि क, निर्मल गिरि, इन्द्रदेव भट्ट, बसन्ती जोशी र दिपेश कठायत