
काठमाडौं – दशौं म्यूजिक खबर म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न भएको छ । प्रतिष्ठित गायिका तीर्थ कुमारी थापालाई ५१ हजार नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको हातबाट गायिका थापालाई अवार्ड प्रदान गरिएको हो ।
त्यसैगरी प्रतिष्ठिन गायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान अर्पण गरियो भने गायक भोजराज काफ्ले र निशा देशारलाई दशकको संगीत सम्मान अर्पण गरियो । गायिका मनिषा पोखरेललाई युवा प्रतिभा सम्मान अर्पण गरियो भने बाल गायिका आयुषा गौतमलाई बालप्रतिभा प्रोत्साहन सम्मान अर्पण गरियो ।
वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई १० हजार नगद राशिसहित म्यूजिक खबर कला पत्रकारिता सम्मान अर्पण गरियो भने पत्रकार चन्द्रमणि गौतमलाई रेडियोकर्मी सम्मान अर्पण गरियो । गीतकार राम अबिरल र गीतकार राम चन्द्र ढकाललाई म्यूजिक खबर स्रष्टा सम्मान अर्पण गरियो ।
दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा गायिका रिता केसी र गायक प्रकाश तिमिल्सिना उत्कृष्ट गायक गायिका छनौट भए । गायिका रिता केसीले मान्छेहरुले नि गीतबाट अवार्ड चुमेकी हुने भने गायक तिमिल्सिनाले साँचो माया गीतबाट अवार्ड चुम्न सफल भए । कार्यक्रमलाई जिएनएन एचडीले प्रत्यक्ष प्रसारण गरेको थियो ।
अवार्डमा गायक तथा संगीतकार अशोक राईको संयोजनमा पूर्व मेचीदेखि महाकालीसम्मका मौलिक धूनहरु प्रस्तुत भएका थिए । जसमा बाँसुरीमा धनबहादुर गुरुङ, तबलामा भरत बुढाथोकी, मादलमा षोषण घर्ती, अनिल थापा, सारङ्गीमा सूर्य पूर्वछाने मगर, बाँसुरी गोपाल देव, ट्ङ्गनामा छेवाङ्ग तेन्जिङ लामा र प्रभात लामाले वाद्यवादनमा साथ दिएका थिए ।
गायक रामकृष्ण ढकालको गायन प्रस्तुति रहेको थियो भने शंकर बिसी, लोसिना लामिछाने, रुविना बसेल, आयुषा गौतमले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै गायक राजु गुरुङ, गायिका देवी घर्ती, सरोज लामिछाने, टंक तिमिल्सिनाले मौलिक गायन प्रस्तुति दिएका थिए ।कार्यक्रममा दशौं वर्षसम्म सहकार्य गर्ने आयोजक कमिटि, सल्लाहकार, प्रायोजक लगायतलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
अवार्ड प्राप्त गर्नेहरुको सूचि निम्नानुसार रहेको छ सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत जय जय हो नेपाल — शान्तिराम भट्टराई सर्वोत्कृष्ट पप गीतकार रमेश दाहाल – कौवा करायो सर्वोत्कृष्ट पप संगीतकार सरोज प्याकुरेल – नो मनी फनफनी सर्वोत्कृष्ट पप गायक चिरञ्जीवी भण्डारी – त्यो दिन सम्झ सर्वोत्कृष्ट पप गायिका सोफिया थापा – तड्का तड्का सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी महिला रिता रावत – माया गरम्ला सर्वोत्कृष्ट लोकगीत पुरुष झल्को मात्रै आँखामा – रमेश पाठक सर्वोत्कृष्ट लोकगीत महिला फालहान्छु मस्र्याङ्दीमा गै – रेजिना परियार सर्वोत्कृष्ट संगीत संयोजन लोकदोहोरी विश्वास नेपाल – सालको पात उडायो बतासैले सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरी गोविन्द सोनी – सेतो सेतो कमेरो माटो सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी निक्स शर्मा – कालो ऐना सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल लोकदोहोरी रविना भण्डारी – उही खोलीमा पानी २ सर्वोत्कृष्ट भिडियो निर्देशक÷कोरियोग्राफर लोकदोहोरी काजिश श्रेष्ठ – झम्के फूली सर्वोत्कृष्ट शब्द लोकदोहोरी प्रकाश पराजुली – सरर भागौंला जुरी अवार्ड गीतकार लोकदोहोरी कमल सरगम– माया गरम्ला सर्वोत्कृष्ट भाका लोकदोहोरी खेम सेन्चुरी – मन परेको मान्छे सर्वोत्कृष्ट गायक लोकदोहोरी रञ्जित परियार – हार लाएर जाउ सर्वोत्कृष्ट गायिका लोकदोहोरी कालिका रोका – मुग्लिन पुल तरी पब्लिक च्वाइस अवार्ड गायिका श्रीदेवी देवकोटा– सरर हावा पिपलुको सर्वोत्कृष्ट लोकदोहोरी गीत शीरफूल शीरको – ईशवर सिंह÷शान्ता रानी परियार सर्वोत्कृष्ट कल्चरल गीत गायक झुल्केघाम हेरुँला – आरके गुरुङ सर्वोत्कृष्ट कल्चरल गीत गायिका माया रिमै – निशा गुरुङ सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन महिला तारा थापा सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन पुरुष चिज गुरुङ सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार मधुर बस्नेत – मुग्लिन पुल तरी सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक मिलन विश्वकर्मा – नाइँ नाइँ नभन सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष आधुनिक सागर लम्साल – हो हो नि माया सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला आधुनिक समिक्षा क्षेत्री – किन मरिनँ म पपुलर मोडल अफ दि इयर महिला पूजा शर्मा– नथिया पपुलर मोडल अफ दि इयर पुरुष उमेश भट्ट – सान्बाबु सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक देवेन्द्र पाण्डे – गाउँले ठिटो सर्वोत्कृष्ट संगीत संयोजन आधुनिक आमोश तामाङ – सलल सलल सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक किशोर थापा – छुटेपछि त छुट्यो सर्वोत्कृष्ट चलचित्र गीतकार दिग्गज द्यौराली – पीडा भए नि (म यस्तो गीत गाउँछु २) सर्वोत्कृष्ट चलचित्र संगीतकार एलिश कार्की – हर युग होस् (प्रेम गीत–३) सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका प्रविशा अधिकारी – हर युग होस् (प्रेम गीत–३) सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक युवराज चौलागाईं – सम्झना बिर्सना (सम्झना बिर्सना) सर्वोत्कृष्ट गजल जमानत गुमायौ – ध्रुव अम्गाईं सर्वोत्कृष्ट नवप्रतिभा आयुष्मान विष्ट – पोखरेली नानी सर्वोत्कृष्ट युगल गायन आधुनिक प्रविन बेडवाल र दुर्गा खरेल –नथिया सर्वोत्कृष्ट गीतकार आधुनिक चेतन खतिवडा – हिजो आज सर्वोत्कृष्ट गीतकार डायस्पोरा आधुनिक डोन कार्की – कर्मको गति सर्वोत्कृष्ट संगीतकार आधुनिक अर्जुन पोखरेल – नथिया पब्लिक च्वाइस अवार्ड अनिर मास्के – विरानो यो गाउँमा जुरी अवार्ड संगीतकार दिपकराज विश्वकर्मा सुनैको दरबार सर्वोत्कृष्ट गायक आधुनिक प्रकाश तिमिल्सिना –साँचो माया जुरी अवार्ड गायक आनन्द कार्की – कर्मको गति सर्वोत्कृष्ट गायिका आधुनिक रिता केसी – मान्छेहरुले नि सर्वोत्कृष्ट गीत आधुनिक÷पप धोकेबाज – एलिना चौहान