Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अग्रज श्रेष्ठले हात पारे ‘मोडल अफ दी ईयर नेपाल, २०७९’को शिर्ष ताज

Wednesday, April 19, 2023 Devil Singh Rajput

काठमाडौँ — वैशाख ६, २०८०।

तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल’ को शीर्ष उपाधी अग्रज श्रेष्ठले जितेका छन्। ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टद्वारा ईटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले शीर्ष ताज पहिरीएका हुन् ।

बिजेताले शिर्ष उपाधीसंगै नगद रु २०,००० सहित ५ लाख बराबरको विमा, ३ लाख बराबरको आकर्षक उपहारहरुसंगै विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा शर्ट मुभीहरुमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन।

प्रतियोगितामा प्रसन राउतले फर्स्ट रनरअपको ताज हात पारे भने मनिश शंकरले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। राउत र शंकरले उपाधीसंगै क्रमशः नगद रू १५ हजार सहित ३ लाख बराबरको बीमा र १० हजारसहित २ लाखबराबरको बीमा र अन्य आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। त्यसैगरी अर्गनाईजर चोईसको अवार्ड भने कृपा राईले हात पारेकी छिन।

प्रेक्ष्या कटवाल र उमेश खड्काको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई तृष्णा उपाध्याय रेग्मीले संचालन गर्नुभएको थियो। प्रतियोगिताको निर्णायकमा मिस्टर नेपाल वर्ल्ड २०२० नुतन श्रेष्ठ, मिस्टर आईकन वर्ल्ड नेपाल २०१८ क्षितिज पोखरेल, ग्लोबल ड्रीम्स मेनेजमेन्टका सिईओ स्मित कार्की, सनसाईन होटल मेनेजमेन्ट कलेजका प्रवन्ध निर्देशक सुजन पुरी र आरजे/भिजे सुबेक्षा कार्की रहेका थिए।

युवायुवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर , प्रतिभा प्रस्फुटन तथा उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउदै प्रतिस्पर्धीहरुको नेतृत्वदायी क्षमताको विकास गरी उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले लगातार तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल, २०७९’ सम्पन्न गरिएको आयोजक संस्था ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टका संचालक सौरभमान भण्डारीले जनाए ।