Thursday 18th July 2024

    University of Wolverhampton Visit in Nepal    चलचित्र कलाकार संघ र महर्षि वैदिक फाउण्डेसनको ध्यान एवं योगासनको अभ्यास कार्यक्रम सम्पन्न    Writers Corner Nepal welcomed the esteemed Indian poet Dr. Bhawani Shankar    नेपाली कांग्रेस जन सम्पर्क समिति अल कासिमको सभापतिमा टिकाराम तामाङ चयन    Esteemed Indian poet Nil including 16 Nepali poets recited the poem

नेपाल सरकारद्धारा विभिन्न मानपदवी प्रदान, चलचित्र निर्देशक खरेल “जनसेवाश्री” द्धारा विभुषित

Saturday, April 15, 2023 National Power

काठमाडौं – सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको सिफरिसमा राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गरेको भन्दै चलचित्र निर्देशक माधव राज खरेल सहित समाजका विभिन्न क्षेत्र उल्लेखनिय योगदान पुर्याएका सात सय २८ व्यक्तित्वहरुलाई नेपाल सरकारले विभिन्न मानपदवी प्रदान गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बैशाख १ गते आयोजना भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले नेपाली चलचित्र क्षेत्रमा लामो समय देखी सक्रिय हुदै आएको र देश र राष्ट्रको हितको लागि गौरवको काम गरेको भन्दै निर्देशक माधव राज खरेललाई “जनसेवाश्री” प्रदान गर्नु भएको हो ।

“जनसेवाश्री” बाट विभुषित भैसकेपछि खरेलले भने “सकारात्मक काम गर्दा केही ढिलो हुन सक्छ तर कामको कदर पक्कै हुनेछ र संघर्षको प्रतिफल अवश्य आउने छ त्यसैले सम्पुर्ण व्यक्तिले आफ्नो कर्ममा विश्वास गर्दै अघि बढेमा चाहेको उदेश्य पुरा गर्न सफल हुन्छ ।”
काभ्रेपलाञ्चाक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर ५ मा जन्मिएका निर्देशक खरेलले पत्रकारिता हुदै चलचित्र निर्देशनको क्षेत्रमा प्रवेश गरेका हुन् । सुरुवाती दिनहरुमा पत्रकारिता गर्दै आएका उनले परिवर्तन नेपालले आयोजना गर्ने विभिन्न सडक नाटकहरुमा सहभागी हुने गर्दर्थे र परिवर्तन नेपालका सडक नाटकहरु खेल्दा खेल्दै उनले सडक नाटक लेखन तथा निर्देशनमा समेत आफुलाई अब्बल बनाएका थिए ।
त्यस पछि उनले टेलिचलचित्रहरु लेख्ने र निर्देशन गर्न थाले सडक नाटकबाट सुरु भएको खरेलको यात्रा चलचित्र लेखन तथा निर्देशन सम्म आईपुगेको थियो । पहिलो पटक मौन चलचित्रको सफल लेखन तथा निर्देशन गरेका खलेलले त्यसपछि आधा दर्जन चलचित्रहरुको निर्देशन तथा लेखन गरिसकेका छन् ।

चलचित्र निर्देशक खरेलले नेपालमै पहिलो पटक “ढुङ्गे युग” मौन चलचित्र निर्देशन गरेर पहिलो मौन चलचित्रको निर्देशकको रुपमा आफुलाई स्थापित गराएका थिए । झण्डै दुइ घन्टा लामो संवाद विहिन (मौन) चलचित्रको लेखन तथा निर्देशन गरेर दर्शकहरुको लागी मात्रै नभएर समग्र नेपाली चलचित्र जगतमै पहिलो पटक ऐतिहासिक काम गर्दै चलचित्रको इतिहासमा नौलो प्रयोग भित्र्याउन सफल समेत भएका थिए । त्यस यता खरेलले “ढुङ्गे युग, कुइईनेटो, विरानो माया, दुर्गामाण्डौ, चिट्ठी लगायतका चलचित्रहरुको निर्देशन गरिसकेका छन् ।
खरेलको प्रदर्शनको तयारीमा रहेका पछिल्लो चलचित्र “चिट्टीे” हो । चलचित्र चिट्टीलाई खरेलले अहिले सम्मकै सन्तोषजनक चलचित्र रहेको प्रतिकृया दिएका छन्, छिट्टै एक कार्यक्रम गरेर “चिट्टी”को गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेको पनि निर्देशक खरेलले बताएका छन् । चलचित्र निर्देशनका अलावा खरेलले उपन्यास, गीति लेखन, डकुमेन्ट्री लेखन तथा निर्देशन, म्यूजिक भिडियोहरु, विज्ञापनहरुको निर्माण तथा निर्देशन समेत गर्दै आईरहेका छन् ।

उनले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको समन्वयमा बृत्तचित्र तथा विज्ञापनहरु प्रसस्तै गरेका छन् । झण्डै दुई दशक भन्दा लामो समय देखी नेपाली चलचित्र क्षेत्रमा सक्रिए रुपमा लागिरहेका निर्देशक खरेलले पहिलो पटक संसारकै अग्लो स्थानमा म्युजिक भिडियोको निर्देशन गरेर गिनिज वल्र्ड रेकर्डस्मा समेत आफ्नो नाम लेखाउन सफल भएका थिए ।

निर्देशक खरेल नेपाल चलचित्र निर्देशक समाज, चलचित्र संरक्षण मञ्च, राष्ट्रिय संगीतकर्मी संघ, परिवर्तन नेपाल, नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन), संगीत रोयल्टी संकलन समाज, गीतकार संघ लगायतका संघ संस्थाहरुमा आवद्ध रहेका छन् । खरेल चलचित्र गीत संगीतका अलावा समाजका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्ने उदेश्यले स्थापना भएको पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) का अध्यक्ष समेत रहेका छन् ।

चलचित्र निर्देशक खरेलले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याति कमाएका संघ संस्थाहरुले विभिन्न अवार्ड तथा सम्मानहरु प्रदान छन् । जसमा “छायाँछवी सम्झना डिजिटल फिल्म अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, मोडेल संङ्गस अवार्ड (दुवइ), सुन्दरादेबी म्युजिक अवार्ड, राष्ट्रिय संगीतकर्मी अवार्ड, नेपाल कल्चलर अन्तराष्ट्रिय चलचित्र महोत्सव (एनसिआईएफ्एफ्), सगरमाथा म्युजिक अवार्ड, नेशनल इन्टरटेनमेन्ट अवार्ड, स्टार इन्टरनेशनल अवार्ड, स्पाइनी व्याब्लर अन्तराष्ट्रिय चलचित्र महोत्सव, नेपाल अफ्रिका फिल्म फेष्टिवल, नेशनल सिल्भर अवार्ड लगायतका झण्डै डेढ दर्जन भन्दा माथी अवार्डहरु तथा दुई दर्जन भन्दा माथी सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।

वि सं २०७९ असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण २०८० साल अर्थात नयाँ वर्षको दिन प्रदान गरिएको हो । उक्त कार्यक्रम हरेक वर्ष बैशाख १ गते हुँदै आईरहेको छ ।