Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेपाल चलचित्र कलाकार संघले गैह्र कलाकार सदस्यहरुको सदस्यताता खारेज गर्ने

Thursday, April 13, 2023 National Power

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले गैह्र कलाकार सदस्यहरुको सदस्यताता खारेज गर्ने भएको छ । नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मोहन निरौलाले यस्तो घोषणा गरेका हुन् ।

‘चलचित्र नखेलेका सदस्यको सदस्यता खारेज हुन्छ’ उनले भने-  ‘अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रबारे जानकारी गराउनुहोस् ।’ उनले धेरै सदस्यहरले चलचित्रको अभिलेख उपलब्ध नगराई नागरिकताको भरमा मात्र कलाकार संघको सदस्य बनेको खुलासा गरे । यसैबीच ७० वर्ष नाघेका चलचित्र कलाकारहरुलाई निशुल्क आजीवन सदस्य बनाइने भएको छ ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव सबिन श्रेष्ठले यसबारे तयारी भइरहेको जानकारी दिए । केहि समय अघि सम्पन्न संघको महाधिवेशनको बेला थुप्रै गैह्र कलाकारहरुलाई भोट बैंकको रुपमा संघमा भित्र्याइउको चर्चा चलेको थियो । अध्यक्ष पदमा निरौलासंग चर्चिच नायिका रेजिना उप्रेतीले प्रतिष्पर्धा गरेकी थिइन ।