Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जेष्ठ नागरिकको साहारा बन्दै जेष्ठ नागरिक समाज

Saturday, April 8, 2023 National Power

खोपासी / “जेष्ठ नागरिकको सम्मान सभ्य समाजको पहिचान” भन्ने उद्देश्यका साथ पनौती नगरपालिका वडा नं. १० मा स्थापना भएको साहारा जेष्ठ नागरिक समाजले शुक्रबार एक कार्यक्रमको बिच ९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा चार जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ठूली कान्छि कार्की, रत्न बहादुर उदास, कान्छि कार्की र ज्ञान बहादुर खड्का हुनुहुन्छ । उहाँहरुलाई कार्यक्रका प्रमुख अतिथी लायन्सकर्मी सबिता दाहाल न्यौपानेले दोसल्ला, खादा, माला, मायाको चिनोले सम्मान गर्नु भयो । सो अवसरमा हर्लिक्स, फलपूmल तथा खानेकुरा उपलब्ध गराईएको थियो ।

कार्यक्रममा संस्थाका सदस्यद्वय रेणुका उलक र हरि हुमागाईलाई सव्रिmय सदस्यको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय समाजसेवी पनौती नगरपालिका वडा न १० निवासी जगन्नाथ गिरीलाई विशेष सम्मान गरिएको थियो । गिरीलाई कार्यक्रमको प्रमुख अतिथिले दोसल्ला, माला र सम्मान पत्रबाट सम्मान गर्नुभएको थियो ।सम्मानित समाजसेवी गिरिले आफ्नो स्वर्गबासी पिता कुलमान गिरीको नाममा अक्षयकोष स्थापनार्थ २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गर्नुभयो । गिरीले संस्थामा रहेका जेष्ठ नागरिकहरुलाइ पालाञ्चोक भगवती दर्शन र भोजन गराउनु भएको थियो । उहाले हरेक बर्ष जेष्ठ नागरिकहरुलाई धार्मिक यात्रामा लाने योजनासमेत रहेको जानकारी दिनुभयो । सो सम्मान कार्यक्रममा लायन्स क्लबले जेष्ठ नागरिकहरुलाइ भजन गाउनका लागि हार्मोनियम र मादल एक एक थान प्रदान गरेको छ ।
कार्यक्रममा संस्थाको आगामी बर्षको कार्ययोजना संस्थाका सचिव अच्युत प्रसाद गुरागाईले गर्नु भएको थियो भने संस्था स्थापना कालदेखि हालसम्मको प्रगति प्रतिवेदन संस्थाका संचालक हस्त बहादुर लामाले प्रस्तुत गर्नु भएको थियो ।

संस्थाको आर्थिक कारोवारको प्रतिवेदन संचालक विष्णु सिलवालले पेश गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रि राज तिमल्सिना पानौती नगरपालिका वडा नं. १० का अध्यक्ष मोहन भण्डारी, समाजसेवी माधव थापा नेपाल रेडव्रmस सोसाईटी खोपासी उपशाखाका अध्यक्ष विनोद कोईराला, वडा सचिव भगवान बस्नेत, काभ्रे सेवा समाजका पूर्व अध्यक्ष प्रल्हाद केसी, लगायतका शिक्षासेवी बुद्धिजिवी जनप्रतिनीधी लगायतको उपस्थिती रहेको कार्यक्रम संस्थामा संस्थापक अध्यक्ष भरत शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संस्थाका महासचिव भुषण कुमार श्रेष्ठले संचालन गर्नुभएको थियो ।
साहारा जेष्ठ नागरिक समाजले ज्येष्ठ नागरिकहरुलाई हप्ताको ३ दिन भजन किर्तन कार्यक्रम गराउँदै आएको छ ।