Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्रेड युनियन कांग्रेस बनेपाको सभापतिमा संगम थापा 

Sunday, April 2, 2023 National Power

काभ्रेपलान्चोक – शनिवार सम्पन्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन बनेपा नगर समितिको सभापतिमा पुन संगम थापा निर्बिरोध निर्वाचित भएका छन् ।

बनेपामा सम्पन्न नगर अधिवेशनले थापाको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कर्माचार्य, सुभेच्छुक संस्था समन्वय शाखा प्रमुख रामराज जोशी, नेपाली कांग्रेस काभ्रेका कार्यसमिति सदस्य एव ट्रेड युनियन विभाग प्रमुख सन्तोष गौतम, नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका अध्यक्ष प्रेम राज शर्मा, नेपाल तरुण दल निवर्तमान केन्द्रिय सदस्य सुधीर बैध, नेपाली कांग्रेसका युवा नेता राजेन्द्र थापा, नेपाल तरुण दल काभ्रे जिल्ला उप-सभापति बिजेन रंजित, नेपाल तरुण दल बनेपा नगर सभापति विबेक बैजु लगायतको उपस्थिति रहेको थियो । 

समितको उपाध्यक्षमा श्याम थापा, महिला उपाध्यक्षमा चण्डिका मानन्धर, सचिवमा राम दाहाल, सह-सचिवमा सुयोग विष्ट, कोषाध्यक्षमा विजय श्रेष्ठ रहेका छन्। सदस्यहरूमा विश्व मानन्धर, अन्जली लामा, अर्चना थापा क्षेत्री ,करण शाही र रोहन श्रेष्ठ छन् । 

कार्यक्रममा नेपाल ट्रेड युनियन बनेपा नव निर्वाचित सभापति संगम थापाले ट्रेड युनियन बनेपा सदैव बनेपाली जनताको हक हित र मजदुरको पक्षमा उभिएर काम गर्ने प्रतिबद्ध जनाउनु भयो । बनेपा नगरपालिकासँग विशेष समन्वय गरि मजदुरहरुको पक्षमा नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न समेत अनुरोध गर्ने बताउनु भयो । उहाँले बनेपाको समग्र बिकासको लागि ट्रेड युनियन एक ढिक्का भएर लाग्ने बताउनु भयो । साथै आगामी दिनमा पनि नेपाली कांग्रेस पार्टी र संगठन सधै ट्रेड युनियनको पक्षमा उभिन अनुरोध गर्नु भएको थियो ।