Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

ट्रेड युनियन कांग्रेस बनेपाको सभापतिमा संगम थापा 

Sunday, April 2, 2023 National Power

काभ्रेपलान्चोक – शनिवार सम्पन्न नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन बनेपा नगर समितिको सभापतिमा पुन संगम थापा निर्बिरोध निर्वाचित भएका छन् ।

बनेपामा सम्पन्न नगर अधिवेशनले थापाको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर सभापति महेश कर्माचार्य, सुभेच्छुक संस्था समन्वय शाखा प्रमुख रामराज जोशी, नेपाली कांग्रेस काभ्रेका कार्यसमिति सदस्य एव ट्रेड युनियन विभाग प्रमुख सन्तोष गौतम, नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका अध्यक्ष प्रेम राज शर्मा, नेपाल तरुण दल निवर्तमान केन्द्रिय सदस्य सुधीर बैध, नेपाली कांग्रेसका युवा नेता राजेन्द्र थापा, नेपाल तरुण दल काभ्रे जिल्ला उप-सभापति बिजेन रंजित, नेपाल तरुण दल बनेपा नगर सभापति विबेक बैजु लगायतको उपस्थिति रहेको थियो । 

समितको उपाध्यक्षमा श्याम थापा, महिला उपाध्यक्षमा चण्डिका मानन्धर, सचिवमा राम दाहाल, सह-सचिवमा सुयोग विष्ट, कोषाध्यक्षमा विजय श्रेष्ठ रहेका छन्। सदस्यहरूमा विश्व मानन्धर, अन्जली लामा, अर्चना थापा क्षेत्री ,करण शाही र रोहन श्रेष्ठ छन् । 

कार्यक्रममा नेपाल ट्रेड युनियन बनेपा नव निर्वाचित सभापति संगम थापाले ट्रेड युनियन बनेपा सदैव बनेपाली जनताको हक हित र मजदुरको पक्षमा उभिएर काम गर्ने प्रतिबद्ध जनाउनु भयो । बनेपा नगरपालिकासँग विशेष समन्वय गरि मजदुरहरुको पक्षमा नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न समेत अनुरोध गर्ने बताउनु भयो । उहाँले बनेपाको समग्र बिकासको लागि ट्रेड युनियन एक ढिक्का भएर लाग्ने बताउनु भयो । साथै आगामी दिनमा पनि नेपाली कांग्रेस पार्टी र संगठन सधै ट्रेड युनियनको पक्षमा उभिन अनुरोध गर्नु भएको थियो ।