Wednesday 1st May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा

Tuesday, March 28, 2023 National Power

काभ्रेपलाञ्चोक – पछिल्लो समय सहकारी क्षेत्र धरासाही बन्दै गइरहेको छ । काभ्रेका केही सहकारीका संचालक फरार छन् भने केही सहकारीका प्रबन्धक, उता बचत कर्ताहरुलाई पैसा फिर्ता गर्न सक्ने अवस्था छैन् । जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रेमा हेर्न हो भने बचत कर्ताको उजुरीको चाङ छ । सहकारी लाई नियमन गर्ने निकाय खाई ? केन्द्रिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार यति बेला मौन देखिन्छन् । ति बचत कर्ताहरुले दिनरात नभनी दैनिक ज्याला मजदुरी गरेर कमाएको पैसा खाएर सहकारीका संचालक, प्रबन्धक फरार भएको छन् भनि निबेदन दिएका बचत कर्ताहरु कहिले जिल्ला प्रशासन जान्छन् त कहिले प्रहरी प्रशासन त कहिले मिडियाकोमा पुगिरहेका हुन्छन् । सहकारी लाई नियमन गर्ने निकाय त थुप्रै छन् तर यति बेला सबै मौन अवस्थामा छन् । सहकारीहरुको छाता संगठन जिल्ला सहकारी संघ काभ्रे, जिल्ला बचत संघले पनि खासै केही गरेको देखिदैन । यसै बिषयहरु संग सम्बन्धित रहेर जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्मा सँग नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले गरेको बिशेष कुराकानी

 

 

० जिल्ला सहकारी संघ दर्ता गर्नुको मुख्य उद्धेश्य चै के हो ?
जिल्ला सहकारी संघ लिं काभ्रपलाञ्चोक २०२४ सालमा तत्कालिन साझा संघको रुपमा दर्ता भएको हो । पछिल्लो चरणमा जिल्लामा दर्ता भइ सञ्चालनमा रहेका जिल्ला भित्रका सम्पुर्ण सहकारी संस्थाहरुलाई एकै ठाउँमा ल्याई जिल्ला भित्रका सहकारी संघ संस्थाहरुको अभिभावकीय छाता संघको रुपमा यो संघ सञ्चालनमा छ । जिल्लामा जतिपनि सहकारी दर्ता भई सञ्चालनमा रहेका छन्, ति सम्पुर्ण सहकारीहरुको प्रर्वद्धन, विकास र अभिभावकत्व निर्वाह गरी सुशासन, पारदर्शी र जवाफेहि रुपमा संस्था सञ्चालनका लागि हल कदमी गर्ने काममा संघको भुमिका रहन्छ ।

० जिल्लामा कतिवटा सहकारी रहेका छन् र यस संघका कतिवटा सहकारी आवद्ध गराउन सफल रहनुभएको छ ।
राज्य संघिय संरचनामा गएपछि तत्कालिन डिभिजन कार्यलय धुलिखेलले १३ वटा स्थानिय तहमा हस्तान्तरण गर्दाको समयमा १४९५ वटा रहेका थिय र ति सम्पुर्ण सहकारी संस्था यस संघमा आवद्ध हुनुपर्ने हो र हाल केही सहकारी एकिकरण भएको हामिसंग रेकर्ड छ । हाल ५४४ वटा सहकारी संस्थाहरु यस संघमा आवद्ध भई सदस्य संस्थाको रुपमा सेवा लिइरहेका छन । तर प्रत्येक बर्ष बार्षिक साधारणसभामा नीति, योजना तथा कार्यक्रम मार्फत सबै बिषय वा प्रकृतिका सहकारीहरुलाई संघमा आबद्ध गराउने नीति संघले लिएको छ ।

 

० सहकारी संघको अध्यक्षको हैसियतमा यि सहकारीहरुलाई नीति विधीमा संचालन गराउनको लागि तपाईको योजना के रहेको छ ।
प्रत्येक वर्ष जिल्ला सहकारी संघले बार्षिक साधारणसभामा सदस्य संस्थाहरुसंग भएका र सहकारी अभियानसंग जोडिइ रहनु पर्ने भएकाले हामिसंग आवद्ध नभएका सहकारीहरुलाई पनि हामिसंग आवद्ध गराउने संगसंगै ति आबद्ध संस्थाहरुको हितलाई ध्यानमा राखेर उक्त संस्थाहरु नीति विधीमा चल्नुपर्छ प्रविधिमा चल्नुपर्छ भनेर बार्षिक साधारण सभाबाट विभिन्न कार्यक्रमहरु स्विकृत गराएर लागु गर्ने र कार्यान्वयन गर्ने गरेका छौ साथै जिल्लाका सबै सहकारी संस्थाहरुलाइ बेला बेलामा क्षमता अभिबृद्धि अभिमुखिकरण कार्यव्रmम विभिन्न तालिम, गोष्ठी , राष्ट्रिय सहाकारी महासंघ, सहकारी प्रशिक्षण विभागबाट संचालन हुने जिल्लास्तरिय तथा राष्ट्रिय स्तरको तालिम, गोष्ठीहरुमा पनि जिल्ला संघ मार्फत सूचना संंप्रेषण गरि सहभागिता गराउदै आएका छौ । पालिकास्तरमा गएर क्षमता अभिबृद्धिको कार्यव्रmम गरिरहेका छौ गोष्ठीहरु संचालन गरिराखेका छौं साथै कतिपय सहकारी संस्थाहरुलाई नीति, निर्देशिका, कार्यविधीहरु निर्माण तथा सहजिकरण गर्न माग गरेबमोजिम र हामिसंग उपलब्ध जनशक्ती र स्रोत अनुुसार उपलब्ध गराँउदै आएका छौ र केहि हामिले सम्पन्न पनि गरिसकेका छौं ।

 

० पछिल्लो समय सहकारीहरुमा ठुलो आर्थिक समस्या देखिदै आएको छ , यस सम्बन्धमा जिल्ला सहकारी संघको पहल के हुदैछ ।
आर्थिक समस्याले राष्ट्रिय, अन्र्तराष्ट्रिय रुपमा विकराल रुप लिइराखेको छ, पछिल्लो चरणमा सहकारीमा पनि यि बिषयहरु देखिएको र केहि केहि समस्या आइराखेको विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार मिडियामा सुनिदै आइरहेको छ । यस्ता पक्षहरुका बारेमा समग्र सहकारी संस्थाहरको नेतृत्व सम्हालिरहँदा सबै खालका आर्थिक सहकारीका षेत्रमा मात्र देखा परे भन्ने कुरामा म सहमत छैन, हाल सहकारीको क्षेत्रलाई चौतर्फी घेराबन्दीमा पारेर नकरात्मक कुरा फैलाउने अवस्था सिर्जना भइरहेको पष्ट देखिन्छ । सहकारीमा पैसा भएन भन्दा पनि सहकारीमा सदस्यलाई के कुरा फैलाइएको छ भने सहकारीले भनेको बेलामा पैसा दिन सक्दैनन भनेर अफवाह फैलाइएको छ जसका कारण सहकारीका शेयर सदस्यहरु बचत फिर्ताका लागि संस्थामा सबै बचत रकम एकमुष्ट रुपमा निकाल्न लाइन लागेर आउने हो की भन्ने अवस्था मात्र सिर्जना भएको हो । बचत रकमलाई संस्थाले लगानी गरिरहेको हुन्छ सबै लगानीमा रहेको रकम त एकमुष्ट फिर्ता गर्न सकिदैन नि, त्यहि कारण सहकारीमा आर्थिक समस्या भयो भन्ने हुन्छ, सहकारी संस्थामा हाम्रा शेयर सदस्यहरुले गेडागुडी बेचेको पैसा, मेलापातको रकम थोरै थोरै जम्मा गरेका हुन्छन ति रकम कर्जामा लगानि भैराखेको हुन्छ, त्यहि रकम बचतकर्ताहरुले एकमुष्ट रुपमा माग्न थाले पछि केहि समय लागेको मात्र हो ।

 

० सहकारीमा समस्या छैन भनिरहँदा सहकारीका केहि संञ्चालकहरु सम्पर्क विहिन अवस्थामा छन् केहि सहकारीहरुमा ताला लागेका छन्, जिल्ला प्रसाशन कार्यालयमा उजुरीका चाँङ भैरहदा, सहकारीका सञ्चालक फरार भैरहदाँ जिल्ला सहकारी संघ लिं को चै केहि दायित्व नै हुदैन ?
यो प्रश्नले मलाई आफ्नो कुराहरु राख्न अझ सजिलो बनाइदिनुभयो धन्यवाद, हाम्रा पनि सहकारी संचालन गर्दै गर्दा हामी माझ केहि समस्या भने पक्कै देखिएका छन् । सहकारीका सिद्धान्त र मुल्यमान्यतामा चल्नुपर्नेमा केहि सहकारी कम्पनी, प्रा.लि जसरि चलेका कारण सहकारीमा समस्या भएकै हो त्यसमा म पनि स्विकार गर्दछु । खासमा माथिका कुराहरुचै के हो भने मानिसहरुलाई त्रास फैलाइएको छ कि सहकारीमा राखेको रकम आफुले चाहिने बेलामा नपाउने हो कि भन्ने शंकाको कारण सदस्यहरु आफुलाई नचाहिदा पनि रकम फिर्ताको लागि लाइन लागेर बसेको देखिन्छ त्यही कारण आजको भोली नै रकम फिर्ता दिन नसकेको हो तैपनि स्थानिय स्तरमा सामुदायिक रुपमा चलेका सस्थामा समस्या रहेको छैन, जिल्लामा रहेका १४९५ सहकारी मध्ये करिब ९ सय सहकारी सव्रिmय रुपमा चलेका देखिन्छ, सामुदायिक रुपमा चलेका सहकारीहरु ऋण लगानी, असुली र बचत संकलनमा समस्यामा परेका छैनन् । पैसा फिर्ता नपाएका केहि सहकारीहरुका लागि विभिन्न निकायहरुमा उजुरीहरु परेको बुझिन्छ यसका लागि सहकारी अभियानमा रहको जिल्ला सहकारी संघको तर्फबाट सरोकारवाला निकायहरुसंग बसेर विभिन्न खालका गतिविधी सञ्चालन गर्दै आएका छौं, नियमनकारी निकाए जस्तै बागमती प्रदेश सहकारी महाशाखा, संघ अत्र्तगतका सहकारी विभाग लगाएतका निकायहरुमा पनि अनुगमन गर्दिन पर्यो भन्ने कुराहरुपनि हामिले राख्दै आएका छौ र जिल्ला स्तरमा पनि हमिले विभिन्न सहकारी संस्थाहरुका प्रतिनिधीहरुलाई समय समयमा यो समस्या निराकरणको लागि उपाहरु के हुन सक्दछन्, अब हामि कसरी अगाडी बढ्न सक्दछौं भनेर सहकारीहरुसंग यो समस्यासंग कसरी जुध्ने भनेर कामहरु गदै अगाडी बढ्दै गइरहेका छौ । अभियान जोगाउने र सहकारी संस्थाहरुको विकास तथा प्रवद्र्धन गर्ने कुरामा हामी अति संवेदनशिल छौं ।

 

० राम्रा भनिएका सहकारी संस्थका सञ्चालक तथा व्यवस्थापकहरुबाट पनि छाता संघहरुले केहि गरेनन् भन्ने आरोप लाइरहेका छन् यसमा तपाइको भनाइ के छ ।
यस्ता बिषयहरुमा हामीलाई विल्कुलै स्विकार्य छैन र यो आरोप मात्र हो भन्ने लाग्छ । किनभने मैले ब्यक्तिगत रुपमा जिल्ला सहकारीको नेतृत्व गरेको साढे दुइ वर्षको अन्तरालमा जिल्लामा सहकारी अभियानमा भएका विविध गतिविधिहरु हेर्दा पनि थाहा हुन्छ कि संघले यस अवधिमा जिल्ला तथा राष्ट्रिय रुपमा प्रभाव पार्ने के कस्ता कार्यमहरु आयोजना गर्यो र गरिरहेको छ भन्ने कुरा । तयाँहरुकै मिडिहरुमा समेत सहकारी क्षेत्रलाई अगाडि बढाउन संघले गरेको कामको प्रसंशा गर्दै आइरहेको छ । छोटो अवधिमा नै हामीले विभिन्न खालका गोष्ठीहरु गर्दै आइरहेका छौं । यहि माघ २८ गते पनि हामिले यसै विषयलाई मध्यनजर गर्दै अध्यक्ष र व्यवस्थापकहरुको जिल्ला स्तरिय गोष्ठी पनि संचालन गरेका छौं । उक्त कार्यव्रmम अत्यन्तै सफल पनि भएको छ र सो कार्यव्रmममा तिनवटा कार्यपत्रको प्रस्तुतिकरणमा पनि हालको समस्याको समाधानको विषय, अवको कार्यदिशा र अचष्कष्क mबलबनझभलत को लागि के गनुपर्दछ भन्ने विषयमा कामहरु गरेका छौ र साथै पालिका स्तरमा पनि सम्बन्धित सहकारी विभागसंग समन्वय गरेर हालको चौतर्फि घेराबन्दीको विचमा सहकारीलाई प्रर्बद्धन गर्ने र यो समस्याबाट निकाश दिने कुराहरु हामिले गरेका छौ नियमन र अनुगमनको सम्बन्धमा पनि विभिन्न कार्य गर्नको लागि बागमती प्रदेश अन्र्तगत सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगत भर्खरै नियमनको गर्नको लागि पत्र प्राप्त भएकोछ र त्यसमा पनि काम गर्दै छौ ं ।

० सञ्चालक र व्यवस्थापकहरु नै सम्पर्क विहिन छन् , यस्तो बेला सहकारी संघले के गर्यो कि संघले केहि गर्नै मिल्दैन ?
संचालक तथा व्यवस्थापक फरार भएको भन्ने मैलेपनि सुनेको छु । केहि हाम्रा पनि कमिकमजोरी रहेका छन् । सहकारी संस्थाहरु कंम्पनी जसरी चलाइएका छन, एकल निर्णयबाट चलाइएका छन्, कतिपय लगानी उत्पादनमुलक क्षेत्रमा छैनन भन्ने सुनिन्छ । एउटा सहकारी स.स्थामा समस्या आएपछि सबै सहकारी समस्यामा परेको जस्तो गरी यो षेत्रलाई नै बदनाम हुने गरी प्रचारप्रसार गरिएको छ । शेयर सदस्यहरुले त केहि सहकारी स.स्थामा बचत जम्मा गर्न नै आएका छैनन । पैसा नआउने, ऋण नउठने भएपछि केहि समस्या त देखिने नै भो नी । समुदाय स्तरमा चलेका सहकारीमा चै कुनै पनि समस्या रहेका छैनन् । भागेका वा फरार भनिएका सहकारी संस्था विरुद्द संघमा आएको निवेदन उपर हामिले समस्यामा परेका सम्बन्धीत सहकारीमा गएर त्यहाँका संचालक, व्यवस्थापन प्रमुख, लेखा सुपरिवेक्षण समिति लगाएत अन्य कर्मचारीहरु संग बसेर छलफल चलाएर एक चरणको सहमति गराउने, लेखा परिक्षण नगराउने संस्थाहरुलाई लेखा परिक्षण गर्न सहजिकरण गरिने जस्ता कार्य पनि गर्दै आइरहेका छौं ।

० राम्रा भनिएका संस्थाहरु पनि बचत फिर्ता गर्न सकिरहेका छैन नी, यो अवस्था कसरी आयो ?
मैलै अगि पनि भने एकमुष्ठ रुपमा सबै शेयर सदस्यहरुलाई बचत फिर्ता गर्न सकिदैन, यो कुनैपनि बैंक बित्तिय संस्थाले सक्ने कुरा हैन । हो यहि कुरा हामीले शेयर सदस्यहरुलाई बुझाउन सकिरहेका छैनौं । सहकारीमा रहेका बचत कर्ताहरुको रकम सहकारी मुल्य मान्यता र सिद्धान्तमा सदस्यहरुलाई नै ऋण स्वरुप परिचालन गर्ने हो, लगानीको पनि समय सिमा हुन्छ, निश्चित समय सम्म ऋण स्वरुप प्रदान गर्ने हो त्यहि भएर सबै बचतकर्ता एकै पटक मा लाइन लागेर पैसा फिर्ता माग्न आँउदा समस्या भएको हो , बैक लगाएत अन्य वित्तीय संस्थाहरुमा पाँच दश लाखको चेक फिर्ता नहँुखा खासै समाचार बन्दैन तर सहकारीमा सानो समस्या आउँदा पनि ठुलो बनाउने चलखेल भएको छ ।

 

० नियमनकारी निकाय पनि नभएपछि सदस्यहरुको बचतको सुरक्षा कसरी हुन्छ त अब ।
सहकारीमा नियमन र अनुगमन गर्ने ३ तहको निकाय प्रष्ट कानूनी रुपमै व्यवस्था छ । अहिले सहकारी ऐनले दिएको अधिकार अनुसार हामिले (जिल्ला सहकारी संघ) अनुगमन गर्नै मात्रा थोरै मात्र छ, हामिले अनुगमन गर्छौ र सो को प्रतिवेदन साधारण सभाबाट पारित भएपछी सम्बन्धीत नियमन निकायमा बुझाउनु पर्दछ, अहिले चाँहि प्रदेशले जिल्ला स्तरको अनुगमन समिति बनाउने, सो अनुगमन समितिमा प्रविधिक टोलि पनि बनाउने सम्बन्धीत संस्थामा पठाउने र अनुगमनमा देखिएका कैफियतको आधारमा सातदिनको पत्र पठाउने सो पनि पालना नभएमा सो को जानकारी बागमति प्रदेश सहकारी महाशाखामा पठउने त्यहाँ बाट सम्पुण काम कारबाहि अगाडी बढ्ने छ । यसमा हाम्रो तर्फबाट गर्नै कार्य गर्दै आइरहेका छौ ं

० सहकारीको पैसा असुरक्षीत भएको बैकमा गएको हो ? राज्यको नियमनकारी निकाय कमजोर भएर यस्तो अवस्था आएको हो?
मैले भन्न खोजेको कुरा के हो भने समुदायमा चलेका संस्थाहरुमा खासै समस्या नभएको र काभ्रे जिल्लामा पनि खासै समस्या नभएको तर बजारमा चलेका केहि सहकारीमा मात्र समस्याको रुपमा देखा परिरहेको अवस्था चै सत्य हो । ति पैसा असुरक्षीत नै भएका चै होइनन किनभने स्वनिमनमा सहकारी संस्थाहरु चल्नुपर्दछ, सहकारी संस्था आफैं नीति बनाउने, कार्यविधि बनाउने स्वनियमनमा रहने संस्था हो, अहिले त बजारमा सहकारी संस्थाले पैसा फिर्ता गर्न सक्दैनन भनेर त्रास फैलाउने, सधै एउटै कुराको रटान लगाउने अफवाह फैलाउने कार्य भएको छ । सहकारी संस्थाहरुले बचत फिर्ता गर्नुनै पर्दछ तर एकै पटकमा सबै रकम त फिर्ता गर्न गाह्रो भएको मात्र हो । बैक र सहकारी संस्थाहरुविच तुलना गर्नै मिल्दैन, सहकारीमा त संरक्षित पुँजि फिर्ता कोष मार्फत सदस्यहरुको कारोबारको आधारमा रकम पनि पाँउछनन । सहकारीमा व्याज पनि समय सान्दर्भिक नै हुन्छ, सदस्यहरुलाइ यि विषयमा जानकार गराँउनु आवश्यक छ , सदस्य शिक्षा कार्यव्रmम मार्फत नियमित रुपमा संचालक र व्यवस्थापनप्रति विश्वासको वातावरण सृजना गर्न हामिले सकेनौ कि ?

० केही सहकारीमा परिवार कै संचालक र कर्मचारी रहेको देखिएको छ , के त्यस्तो गर्न मिल्छ प्रष्ट पारिदिनुस न
तिन तहको नियमन निकायहरु रहेको अवस्थामा संघ, प्रदेश र स्थानिय तहबाट नियमन र अनुगमन हुनुपर्दछ । केहि पालिकाहरुले सहकारी शाखा गठन गरी कार्य संचालन गर्दै आएको जानकारी पनि हामिसंग छ । यि विषयहरुमा नियमनकारी निकायबाट नियमन र अनुगमन हुन पर्ने कुरामा हाम्रो पनि जोड छ । एकापरिवारका संचालक तथा कर्मचारी हुनका लागि ऐनले पनि वर्जित गरेको अवस्था रहेको छ । यो विषयमा संचालकहरु स्वयं पनि जानकार हुनुपर्दछ । अभियानको हिसाबले पनि जिल्ला सहकारी संघ लिं संगै हातेमालो गरेर अगाडी बढ्न तयार छ । स्थानिय तहहरुको नियमन फितलो रहेको छ । जिल्ला सहकारी संघ लिं अनुगमन गर्न त मिल्छ तर निर्दैशन दिने र कारबाहि गर्ने अधिकार संघमा निहित छैन । काभ्रे जिल्लामा रहेका १३ वटै पालिकाहरुमा इमेल गर्ने, पत्राचार गर्ने, समन्वय गर्ने जस्ता कार्य गर्दै आइरहेको अवस्था छ । स्थानिय तहहरुलाई सहकारी अभियानलाई सुद्धृढिकरण, प्रर्बद्धन, विकास, विस्तार जस्ता कार्य संघ मार्फत गर्ने र नियमन, अनुगमन, दण्ड, पुरस्कारको व्यवस्था चाहिँ स्थानिय सरकारले गर्ने कुरामा जिल्ला संघ सधैं तत्पर छ ।
सहकारीले राज्यलाई कर तिरेको छ, काभ्रे जिल्लामा मात्र करिब २३०० जना सहकारी मार्फत प्रत्यक्ष रोजगारीमा जोडिएको अवस्थामा राज्यको तर्फबाट पनि सहकारीलई विभिन्न कार्यव्रmम तथा बजेट मार्फत सम्बोधन हुन जरुरी छ । दर्ता, खारेजि लगाएत अधिकार भएको हुँदा स्थानिय सरकार चनाखो र जागरुक हुनै पर्दछ । पालिकाहरुले कुनैपनि सहकारी सम्बन्धी कार्याव्रmम संचालन गर्दा संघ संग समन्वय गर्ने गरेको देखिएको छैन । अभियानको हिसाबले स्थानिय तहले गर्ने सहकारी सम्बन्धी हरेक विषयमा जिल्ला सहकारी संघ लिं हरदम तयार छ र सो विषय न.पा मा जानकारी पनि गराइएको अवस्था छ । सहकारी संस्थाका सञ्चालक, व्यवस्थापन प्रमुख, शेयर सदस्यहरुविच स्थानिय तहहरुसंग कसरी अगाडी बढ्न सकिन्छ भनेर आगामी दिनमा प्रत्येक पालिकाहरु संग समन्वय गर्ने मेरो योजना रहेको छ ।

सहकारी विभागले जारी गरेको ३५ बुदें निर्देशनको २ नं बुदाँमा रहेको विषयमा ध्यानाकर्षण र छलफल भएको छ । ति विषयहरुमा साधारण सभाबाट पारित गर्दै अगाडी बढ्ने कुरामा जिल्ला संघ प्रतिबद्ध छ । कानुनले तोकेको विषयमा सम्पुर्ण सहकारीकर्मीहरुले पालना गर्नुपर्दछ भन्ने मेरो मान्यता रहेको छ । सहकारी ऐन, नियमावली, निर्देशनहरु व्रmमश कार्यान्वयन गर्दै लाने कुरामा विभिन्न चरणमा छलफल तथा प्रकृयागत विषयमा अगाडी बढ्दै छौ ।
हाल समस्यामा परेका संस्था चाहे उपत्यकामा भन्नुस वा यहाँ भन्नुस प्राय संघमा आवद्ध नभएका सहकारी नै धैरै समस्यमा रहेका देखिन्छन् । ति सहकारीहरु यदि संघमा आवद्ध भएका थिय भने वेला वेलामा प्रशिक्षण, गोष्ठी, अन्र्तव्रिmया जस्ता कार्यव्रmममा सहभागी भएर संस्थाको शुसासनमा केही सुधार पक्कै हुने थियो । नब्बे प्रतिशत सहकारी चै जिल्ला सहकारी संघ लि. र अन्य छाता संघमा आबद्ध नभएका सहकारीमा समस्या आएको छ, यसो भनिरहँदा अरु एकाधमा समस्या आएको छ तर यहाँ निवेदन नै आउदैन ।

 

० तपाई पन्छीनको लागि यसो भनिरहनु भएको त छैन ?
मैले अघि नै भने, नब्बे प्रतिशत आबद्ध नभएका सहकारीहरुमा समस्या आइरहँदा हामिसंग आबद्ध केहि संस्थाहरुमा पनि समस्या छ, हामिका निवेदन आएको संस्थामा त्यहाँका सञ्चालक तथा व्यवस्थापनको खोजि गरेर लेखा सुपरिवेक्षणका सदस्यहरुलाई बोलाएर ताला लागेको ठाँउमा पनि छलफल तथा अन्र्तव्रिmया गरेर यौटा वातावरण बनाएका छौं, छलफल तथा अन्र्तव्रिmयाको व्रmममा संञ्चालकले रकम चलाएको पनि गुनासो देखियो र रकम फिर्ता गर्न केहि समयसिमा तोकेर काजग गराएर ताला खोलि संस्था चलाउने वातावरण तयार गरेका उदाहरण पनि हामिसंग छन् । केहि पत्रपत्रिका तथा सामाजिक संजालमा समस्या भएका सहकारी पनि हामिहरुले सुनिराखेका छौ, ती समस्या लिएर प्रशासन तथा चौकीमा जानु भन्दा पनि अभियानको हिसाबले हामिकहाँ आएर कसरी समस्या समाधान गर्ने छलफल होस भन्ने चाहाँन्छौ र तपाईको मिडिया मार्फत पनि जानाकारी गराँउन चाहाँन्छु ।

 

० पछिल्लो समय सहकारीमा राजनीति घुसेकै हो ?
अलिअलि देखिन्छ, त्यसलाई स्विकार्छु ।

 

० अन्तमा, अहिले देखिएका समस्या समाधानको लागि जिल्ला सहकारी संघ लिं ले के योजना गर्दैछ ?
यहि समस्यालाई दृष्टिगत गरि जिल्ला सहकारी संघ लिं. को वार्षिक साधारण सभा मार्फत नीति तथा कार्यव्रmम पस्केका छौ , १३ वटै पालिकामा गएर त्यहाँका जनप्रतिनिधी लगाएत पालिकाका सहकारी हेर्ने प्रमुखसंग समन्वय र सम्पर्क गर्छौ र यो समस्या चाँही केहि समय अलि विकराल रुपमा जान्छ कि जस्तो हामिलाई पनि महशुश भैरहेको छ, अब त्यहाँ गईसकेपछि सहकारी संस्थाहरुलाई सुद्धिकरण गर्ने, सुदृढिकरण गर्ने सुशासनमा ल्याउने, पारदर्शी बनाउने र जवाफदेहिता सहितको सहकारी संस्था संचालन गर्नुपर्छ भनिरहँदा एकिकरणलाई जोडेर ठुलो सहकारी संस्था बनाउने विषयमा पनि हाम्रो जोड हुनेछ र संग संगै सुशासन र जवाफदेहिताको हिसाबले सहकारी संस्थहरुलाई नीति विधी र प्रविधिमा चलाउनुहोस भनेर पालिकास्तरमा त्यस्ता खालका कार्यव्रmम गर्नुपर्छ भनेर हामिले योजनामा राखेका छौं संगसंगै अहिले आएका समस्याहरुमा केहि सहकारी संस्थाहरुमा आएका तरलता समस्यालाई जोडेर प्रत्येक पालिकास्तरमा सुचिकृत भएका संस्थाहरुलाई बोलाएर विषय विज्ञ सहितको टोली लिएर जाने र जिल्लामा अन्र्तलगानी गरिरहेका बचत संघ, नेफ्स्कुन, प्रोस्कुन, जिल्ला संघ र सहकारी बैक सहितको समन्वयमा तरलता व्यवस्थापनको लागि योजना तयार गर्ने सोचाइ रहेको छ । तत्कालको योजना चाँही प्रत्येक पालिकामा गएर काम गर्ने भन्ने रहेको छ र विषेश जोडचाँहि बनेपा क्षेत्रमा बढि समस्या भएको कारण पहिलो प्राथमिकता चाँहि बनेपा नगरमा रहेको छ । यो समस्याको निराकरण चाँहि एक्लै भएर सकिदैन, अभियानमा जोडिएका प्रत्यक्ष रुपमा कुनै पदमा रहेका नरहेका अभियानलाई माया गर्ने जो जो अभियानकर्मिहरु यस जिल्लाम छौं सबैलाइ समेटेर एकेबद्धता जनाएर यो अभियानलाई टिकाउने, विकाउने र सिकाउने र सहकारी संस्था सुशासनयुक्त, जवाफयुक्त बनाउने कुरामा हाम्रो पहल हुनेछ ।

 

० दर्शक स्रोतालाई के भन्न चाहानुहुन्छ ?
धन्यवाद, तपाइको मिडिया मार्फत आफ्ना कुरा राख्ने मौका दिनुभएकोमा सहकारी अभियानमा म स्वमं पनि आफ्नो लेख रचना मार्फत सहकारी विषयमा जानकारी दिदैछु र अभियानकर्मीको हिसाबले पनि आत्तीइ हाल्नु पर्नै अवस्था नरहेको जानकारी गराउन चाहाँन्छु । सम्पुर्ण सहकारी संस्थाका शेयर सदस्यज्यूहरु सहकारी संस्था स्वनियमनमा चल्ने हो, आफैले नीति बनाउने आफैलै विधि बनाउने र आफैले चलाउने हुदाँ शेयर सदस्यहरुलाई नआत्तीन र धैर्य गर्न अनुरोध गर्न चाहान्छु । अभियानमा केहि समस्या परेको खण्डमा जिल्ला सहाकारी संघ लि. तपाईहरुसंगै छ । तपाईले बचत गर्नु भएको रकम लगानीमा रहेको हुन्छ, तत्कालै सबै फिर्ता गर्न केहि कठिनाई हुन सक्छ साथै सहकारी संञ्चालन गर्ने सञ्चालक तथा व्यवस्थापनहरुलाई पनि तपाई हामिले विगतमा केहि गल्ती गरेका रहेछौ भने पनि त्यसलाई सुधार गर्दै आगामी दिनमा सहकारी संस्थाहरुलाई राम्रो बनाउने दिशामा काभ्रै जिल्लामा विभिन्न समयमा जिल्ला स्तर, प्रदेश स्तर र राष्ट्रिय स्तरमा नेत्तृव्त गर्दै अभियानलाई सुदृढ बनाउने विषयमा सम्पुर्ण अभियानकर्मीमा काभ्रे जिल्लामा कुनै पनि समस्या छैन भन्नको लागि ऐकेवद्धता रुपमा सहकार्य गरौ भन्ने सन्देश दिन चाहान्छु ।