Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइको अध्यक्षमा पत्रकार ढकाल चयन

Sunday, March 26, 2023 National Power

बनेपा – काभ्रेको पनौतीमा स्थापित लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ आइको आज चौथौं वार्षिक साधारणसभा बनेपामा एक कार्यक्रमको साथ सम्पन्न भएको छ ।

क्लबका संस्थापक अध्यक्ष ई. लायन रामकुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको साधारणसभाले बर्ष २३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा काभ्रेका पत्रकार, लायन रामप्रसाद ढकाल अध्यक्षमा चयन हुनुभएको छ भने उपाध्यक्षमा लायन बिपशना शाक्य, सचिवमा लायन नवराज अधिकारी, कोषाध्यक्षमा कमल प्रसाद कुईंकेल, एलसीआइएफ कोअर्डिनेटरमा डायमण्ड थापा, मेम्बर चियरपर्सनमा एमजेएफ लायन पुष्प लाल तामाङ, सह-सचिवमा लायन लक्ष्मी मोक्तान तामाङ, क्लब एडमिनिस्ट्रेटरमा लायन रचना मोक्तान तामाङ, सर्भिस चियरपर्सनमा एमजेएफ लायन प्रतिक्षा दोङ चयन हुनुभएका छन् ।

कार्यक्रमा क्लबका २२/२३ अध्यक्ष डायमण्ड थापाको सभापतित्वमा सम्पन्न भएको थियो । सोही अवसरमा पनौती स्थित श्री प्राणनाथ माइती वृद्धा आश्रममा करिब ४३ जना आमा बुबाहरुका लागि नगद सहिद ३ बोरा चामल, ५० किलो चिनी, १ बाकस तेल, १० किलो दाल, ५ पाकेट नुन र १ पाकेट आटाको पिठो वितरण गरिएको थियो ।