Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित

Sunday, March 19, 2023 National Power

काभ्रेपलान्चोक – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेपलान्चोकको छैटौं जिल्ला भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम माओवादी केन्द्र स्थाई समिती सदस्य यवम मजदुर फ्याक्सन इन्चार्ज जय पुरी घर्तिको प्रमुख अतित्थ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला इन्चार्ज होम बहादुर खुलालको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा काभ्रे जिल्ला बाट निर्वाचित हुनुहुने सुर्यमान दोङ, मिना तामाङ, रुकु चौलागाईं र रत्न ढकाल लाई सम्मान गरिएको थियो।कार्यक्रमले राजन अधिकारी लाई अध्यक्षमा रामगोपाल भुजेल, जय केसी, गिता खुलाल लाई उपाध्यक्षमा, दिल बहादुर भुजेल सचीवमा, नारायण फुयाल सह-सचिब र सीता अधिकारी लाई कोषाध्यक्ष सहित ३५ सदस्यीय समिति निर्बिरोध चयन भएका छन।