Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

छविको आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने अदालतको फैसला

Monday, February 27, 2023 National Power

 

काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छिन्। जिल्ला अदालतले छविको आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने र छविलाई शिल्पासँग रहँदा लागेको ऋण आधा शिल्पाले व्यहोर्नुपर्ने फैसला गर्दै उनीहरुको डिभोर्स टुंग्याइदिएको छ।

निर्माता, निर्देशक तथा अभिनेत्री रेखा थापासँगको डिभोर्सपछि छविले चौथो श्रीमतीका रुपमा शिल्पासँग विवाह गरेका थिए। आपसी विवादका कारण उनीहरुको वैवाहिक जीवन लामो समय टिक्न सकेको थिएन। अन्ततः सम्बन्धविच्छेदका लागि उनीहरु अदालत पुगेका थिए।

यसै गरी छविको दोस्रो श्रीमती स्व। गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा रहेका छन्। स्व। सुनुवारको मृत्यु पश्चात छविले उनको छोरा आफ्नी जेठीसासुको जिम्मा लगाउँदै आफ्नो छोरालाई धर्मपुत्रका रुपमा पाल्न लिखित सम्झौता गरेका थिए। शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन्। छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन्। तर खदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसाला गरेको छ।

यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ। छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ। तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन। शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन्। तर, छविले चाहिँ उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको बुझिएको छ।