Tuesday 16th April 2024

    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने

एनआरएनए पोर्चुगलका अध्यक्ष शेर्पाको समुहद्वारा ईजी ट्राभल्सका संचालक माथि आक्रमण तथा कार्यालय तोडफोड

Wednesday, February 8, 2023 National Power

काठमाडौँ – गैर आवासीय संघ पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पाको नेतृत्वमा गएको एक टोलीले पोचुगलको लिस्वन स्थित आइरोस भन्ने ठाउँमा रहेको ट्राभल एजेन्सी इजी ट्राभल्सका संचालक मध्यका एक छिरिङ्ग शेर्पामाथि ज्यान मार्ने उद्देश्यले अकाक्रमण गरेका छन् ।

एक ग्रहाकको सामान हराएको विषयलाई लिएर भएको छलफल तथा संवादका समयमा शेर्पाले केही अराजक व्यक्तिहरुलाई फोन गरी बोलाएर संचालक शेर्पामाथि आक्रमण गरेका संचालक मध्यका एक मिजास अधिकारीले जानकारी दिए । उनका अनुसार शेर्पाको समूहले छलफल भइरहेको समयमा एक्कासी छिरिङ्ग शेर्पा माथि आक्रमण गरेको तथा कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर तथा फर्निचरहरु तोडफोड गरेका हुन् ।
आक्रमणबाट संचालक शेर्पा शख्त घाइते भएको र उनको उपचार भइरहेको छ । साथै शेर्पाको समूहले गरेको तोडफोडबाट करिब दश हजार युरो बराबरको सामानमा क्षति पुगेको पनि जनाइएको छ । घटना लगत्तै संचालक शेर्पाको उद्दार गरी उपचारका लागि पठाइएको र प्रहरीले घटनास्थलको मुचुल्का उठाइ आवश्यक कारवाहीको लागि प्रकृया अघि बढाइसकेको संचालक मिजास अधिकारीले जानकारी दिए ।

यस अघि आक्रमणकारीहरु माथि आवश्यक कानुनी कारवाही गर्न क्षतिपुर्तीको दावी सहित प्रहरीमा उजुरी गरको थियो । आक्रमण लगत्तै फरार शेर्पाको समूहमाथि प्रहरीले खोजी गरिरहेको पनि अधिकारीले जानकारी दिए ।

घटनाको कारण
करिब १० महिना अघि सानु शेर्पेनी नामक एक ग्राहकले इजि ट्राभल्स मार्फत पोचुगलबाट बेल्जियमका लागि केही समान पठाएकी थिइन । तर उनको सामान समयमानै गन्तव्यमा नपुगेपछि ट्राभल्समा गई आफ्नो समानबारे सोधीखोजी गरेकी थिइन । लगत्तै ट्राभल्सका प्रतिनिधिले सानु स्वयमलाई लिएर कुरिएर कम्पनी जिएलएस गएको र कम्पनीले पनि सामानको खोजी गरेको दावी गरिएको छ ।

लामो समय सम्म आफ्नो सामान प्राप्त नगरेपछि पुनः कुरियर कम्पनीमा गएर सोधीखोजी गर्दा कम्पनीले कहिलेकाँही काम गर्दै जाँदा यस्तो हुन्छ, यसमा कम्पनीको नियतवस नगरेको भइ कारणवस सामान हराएको स्विकार्दै नियम अनुसार क्षतिपुर्ती दिलाउने आश्वासन दिएर पठाएको उनको दावी छ । कुरियर कम्पनीको गल्ती भएपनि आफुमार्फत आएको हुनाले जिम्मेवारी लिने क्षतिपुर्तीको लागि आवश्यक सहयोग गर्ने वचन दिएको अधिकारी बताउँछन् । तर समस्या समाधानको लागि पहल हुँदै गर्दा सोमबार विहान एक्कासी शेर्पाको समूह आएर आक्रमण गरेको उनको दावी छ ।

असम्बन्धित व्यक्तिको चरित्र हत्या
यसैवीच यसै घटनालाई लिएर ट्राभल्ससंग असम्बन्धित रवि अर्यालले आफ्नो चरित्र हत्या गर्ने गरी सामाजिक संजालका जथाभावी लेखेको भन्दै उनीहरु विरुद्ध कानुनी कारवाही जाने बताएका छन् । करिब डेढबर्ष अघिनै आफुले उक्त ट्राभल्सको छिरिङ्ग शेर्पा, मिजास अधिकारी, प्रकाश अधिकारी लगाएतलाई विक्रि गरिसकेको अवस्थामा पनि यो घटनासंग जोडेर बारम्बार नाम र फोटो राखी सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको भन्दै उनले प्रहरीमा उजुरी गर्ने बताएका हुन् ।

बारम्बार आफु यस संस्थाबाट अलग भइसकेको र यसमा आफ्नो कुनै भुमिका नभएको स्पष्ट पार्दापार्दै पनि केही व्यक्तिहरु नियोजित रुपमा आफ्नो चरित्र हत्या गर्न लागेकोले कानुनी कारवाहीमा जान वाध्य भएको बताए ।