Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

तेस्रो संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्डका लागि आवेदन आव्हान

Wednesday, February 8, 2023 National Power

काठमाडौं-वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालद्वारा आयोजना गरिएको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७९ का लागि आवदेन आव्हान गरिएको छ । ‘गीत, सङ्गीत, कला एवम् संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ विगत दुई संस्करण भव्य रुपमा सम्पन्न भएको यो अवार्डको तेस्रो संस्करणका लागि आवेदन आव्हान गरिएको हो ।

आगामी वैशाखमा एक विशेष भव्य सामारोहबीच काठमाडौंमा सम्पन्न हुने उक्त अर्वाडका लागि यही पुस ७ गतेवाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताउनुभयो ।

अवार्डमा राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, आधुनिक, भजन, बाध्यबाधक, गजल, बाल गीत, डायस्पोरा, लोकदोहोरी, प्रत्यक्ष लोकदोहोरी गायन, रिमिक्स, लघुचलचित्र र वृत्तचित्रलाई समावेश गरिएको अवार्डका अध्यक्ष गणेश शुवेदीले जानकारी गराउनुभयो । आयोजकका अनुसार अंग्रेजी क्यालेन्डर २०२१ जनवरी १ देखि २०२२ डिसेम्बर ३० सम्म (एक वर्ष भित्रमा) बजारमा आएका गीत भिडियोहरूलाई अवार्डमा समावेश गरिने छ । गीत तथा सिर्जनाहरू दर्ता गर्नको लागि आवेदनको अन्तिम म्याद चैत मासन्तसम्मको लागि निर्धारण गरिएको अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो

अवार्ड समारोहमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने छ । यस्तै गीत सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने सङ्गीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने संयोजक अधिकारीले जनाउनुभएको छ । अवार्डको दोस्रो संस्करण गत वर्ष काठमाडौंको पाँच तारे होटल एभरेष्टमा सम्पन्न भएको थियो ।