काभ्रेपलान्चोक – हरि कर्माचार्य नेपाली गीतसंगीत क्षेत्रमा निकै चर्चित तथा लोकप्रिय नाम हो । उत्कृष्ट गायन मार्फत आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शक श्रोताको मन मस्तिष्कमा राजगर्न सफल कर्माचार्य गायनमा जति पोख्त हुनुहुन्छ । त्यतिकै गीत लेखन र संगीतमा पनि हुनुहुन्छ । उहाँकै आवजमा ‘आकसैमा चिल उडयो फनन’, आएको २५ वर्ष भयो आज पनि यो गीत सर्वाधिक लोकप्रिय छ । त्यस्तै २१ वर्षअघि आएको ‘हेर्न देऊ तिम्रो मुहार’, १५ वर्षअघि आएको ‘यसपालि त ज्यान जाला छोडदिन’, यस्तै १५ वर्षअघि नै आएको ‘पिरतीको तालमा फूल फुल्यो कमला’ आज पनि त्यतिकै लोकप्रिय छन् ।
संगितिक यात्राको क्रममा अमेरिकका बाट भर्खरै नेपाल फर्किनु भएको गायक हरि कर्माचार्य काभ्रेपलाञ्चोकमा विसं २०३२ सालमा जन्मनुभएको हो । सानै उमेरदेखि नेपाली गीतसंगीतमा रुचि राख्ने कर्माचार्य २०४६ सालदेखि औपचारिक रूपमा संगीतको शिक्षा लिएर यो क्षेत्रमा लाग्नु भएको हो । उहाँको पहिलो सांगीतिक कोशेली ‘हृदय भरी’ बजारमा आएको थियो ।
कर्माचार्यले सार्वजनिक गर्नुभएको उक्त एल्बम काभ्रे जिल्लाकै पहिलो गीति एल्बम रहेको बताइन्छ । कर्माचार्य देशभरमा हुने थुप्रै मेला महोत्सवमा आफ्ना प्रस्तुति मार्फत चर्चा बटुल्न सफल हुनुभएको छ ।उहाँले आजभन्दा १५ वर्ष अगाडि गाउनु भएको पिरतीको तालमा र मायाको डोरीले बोलको गित आजसम्म पनि सर्वाधिक रुचाइएको छ । गीत संगीतकै शिलशिलामा कतार, अमेरिका, थाइल्याण्ड, हङ्कङ, भारतलगायत देशहरूमा पुगेर आफ्नो उत्कृष्ट प्रस्तुति दिनुभएको छ । कर्माचार्यको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने मेला, महोत्सव, रियालिटी सो मा धेरै हुने गरेको पाइन्छ ।
गीतसंगीतका क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुभएका कमार्चायले गीतसंगीत क्षेत्रमा पु¥याएको योगदानस्वरूप थुप्रै मान, सम्मान, पुरस्कार अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ । प्राइम स्रष्टा सम्मान, इमेज अवार्ड, युनिभर्सल पिस फेडेरेसनको एम्बासडर २०१६, नाट्यश्वर विशेष सम्मान, सुन्दरादेवी सन्देश सामाजिक सम्मान लगागत थुप्रै मान सम्मान, अवार्ड र पुरस्कारबाट उहाँलाई सम्मान गरिएको छ । 
कर्माचार्य गायनमा मात्रै नभई सामाजिक काममा पनि उतिकै सक्रिय देखिनुहुन्छ । नेपाल सांस्कृतिक संघको केन्द्रीय सहमाहामन्त्री, राष्ट्रिय काभ्रेली कलाकार संघको अध्यक्ष, काभ्रे उद्योग वाणिज्य संघको सहसचिव, बनेपा ब्वाइज कल्बको उपाध्यक्ष रहेर सामाजिक कार्यमा पनि आफूलाई त्यतिकै संलग्न गराउँदै आउनु भएको छ ।
२०५४ सालमा ‘ग्लुमी गाईज’सँग आबद्ध भई कर्माचार्यको नै रचना संगीत र स्वरमा रहेको ‘आकाशैमा चिल उड्यो फनन’ बोलको गीत बजारमा सार्वजनिक भयो । यो गीत सार्वजनिक भएदेखि नै देश तथा विदेशमा उत्तिकै रुचाएको छ । ‘हेर्न देऊ तिम्रो मुहार’, ‘टाटा गाडीमा’, ‘दार्जिलिङको रेल’, ‘हल्ला मच्चियो’, ‘ज्यानमारा जोवन’, ‘टाटा वाइवाई’, ‘आउने भए आउ माया’, ‘ओठको मुस्कान’ लगायत थुप्रै लोकप्रिय गीत उहाँका श्रोता दर्शकमाझ लोकप्रिय छन् । दर्जनौं ‘हिट’ गीतका गीतकार÷संगीतकार तथा गायक हरि कर्माचार्यसँग काभ्रे पोष्ट साप्ताहिकको लागि गरिएको कुराकानीः 
० गीत संगीतको क्षेत्रमा कहिले र कसरी यात्रा शुभारम्भ गर्नु भयो ?
सानै देखि गीत सङ्गीतमा झुकाव राख्थे विद्यालय स्तरमा हुने हरेक कार्यक्रममा भाग लिन्थे । २०४६ सालदेखि औपचारिक रुपमा संगितको शिक्षा लिएर नेपाली गित संगितको क्षेत्रमा पाईला अगाडि बढाएको थिए । त्यस पछि २०५४ सालमा ग्लुमी गाईज सँग आवद्ध भई आफ्नै रचना संगित र स्वरमा ‘आकसैमा जिल उडयो फन्न् ‘’, ‘ हेर्न देउ तिम्रो मुहार‘’ , ‘ यसपाली त ज्यान जाला छोडदिन‘’, ‘ पिरतिको तालमा फुल फुल्यो कमला ‘’ लगायतका गित एक पछि अर्को गरि बजारमा आएका थिए ।

० भर्खरै मात्र अवार्ड र सम्मान पाउनु भएछ नि ?
हजुर भर्खरै मात्र काठमाडौंमा सम्पन्न भएको २ वटा म्युजिक अवार्डमा सदावहार पपुलर गायकको अवार्ड र कलाकारिता सम्मान बाट सम्मानित भए । चलचित्र बिकास बोर्डमा अस्ति भर्खरै भएको अवार्ड कार्यक्रममा सदावहार सुनिने ‘आकसैमा जिल उडयो फन्न् ‘’, बोलको गित बाट पुपुलर अवार्ड हात पारेको थिए । यो सबै मेरा भगवानरुपी दर्शकहरुको माया, नेपाली जनताहरुको बिश्वास, शुभचिन्तकहरुको आशिर्बादको कारणले गर्दा सफलता पाउन सकेको हुँ । सम्पूर्ण दर्शक, शुभचिन्तक, निर्णायक र आयोजक समेत धन्यवादको पात्र हुनुहुन्छ ।
० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म यस क्षेत्र बाट एक दम सन्तुष्ट छु किन कि सानै उमेर देखि कलाकार बन्ने चाहाना थियो मैले रोजेको क्षेत्र भएकाले पनि म निकै खुशी छु । आज भन्दा पनि २५ वर्ष अगाडि मैले गायका ती गितहरु आज सम्म पनि टिकटक लगायत सामाजिक संजालमा उतिकै रुपमा देख्न सुन्न पाइन्छ । म त्यसैमा धेरै खुशी छु ।
० तपाईलाई गीत संगीत कस्तो होस जस्तो लाग्छ ?
गीत संगित हरजनले बुझ्ने, सुन्दा आनन्द आउने, गुनगुनाउन सक्ने र सरल भाषाको भए राम्रो हुने थियो । हाम्रो आफ्नै गाउँ घरको संस्कृति झल्किने, माया, प्रेम, दुख, पिडा लगायतमा आधारित भएर बजारमा आउन सके निकै राम्रो हुने थियो ।
० के सबै कलाकारहरु गीत संगीत क्षेत्र बाट नै बाँच्न सक्छन् जस्तो लाग्छ तपाईंलाई ?
धेरै कलाकार साथीहरू यसैबाट आफ्नो जिवनयापन चलाई रहेका छ्न । मेला, महोत्सव, रियालिटी सो, चार्डपर्व, विभिन्न कार्यक्रमहरु बाट धेरै कलाकारहरुले राम्रो पैसा लिने गरेका छन् । बाच्न लाई खासै समस्य पार्दैन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने कार्यक्रममा हाम्रो माग निकै हुने गरेको कारणले समस्य छैन । एउटा आफ्नो राम्रो स्तर बनाई संगीतिक यात्रा तय गर्न सकियो भने यस बाट जिविकोपार्जन गर्न कठिन छैन ।
० पछिल्लो समयमा गीत संगीतमा विकृति भित्रीनुको कारण के होला ?
गीत संगीतमा विकृति भित्रीनुको कारण मुख्य रुपमा हामीले मौलिक सस्कृति भल्किने किसिमको गीतहरुलाई सरक्षण एवम कला र कृतिहरुलाई जर्गेना नगुर्नु नै हो जस्तो लाग्छ । हामीले अरुको देखासिखीको कारणबाट समाजमा विकृति भित्रिएको गीत संगीतहरु रचना गरिरहेका छौ । विशिष्ट पोशाक स्थानीय संगीतसँग सम्बन्धित भए पनि धेरैले क्रमिक रुपमा छोड्दै गएका छन । व्यवसायीकरण र बाह्य प्रभावले ल्याएको विकृतिको कारणले भेग गत कला र सस्कृतिहरु हराउदै गएको छ । जबकि कसैले भने परिवर्तनलाई सांस्कृतिक विकासको एक प्राकृतिक अंश मान्दछन् ।
० तपाईले नेपाली कलाकारितालाई कुन रुपमा देख्नु हुन्छ ?
नेपाली कलाकारिता क्षेत्रलाई थप व्यवस्थित गरीअन्तर्राष्ट्रिय स्तरको बनाउन तथा यस क्षेत्रमा लाग्ने सर्जक सष्ट्रा कलाकारहरुलाई हौसला प्रदान गर्दै आगामी दिनमा नेपाली कलाकारिताको क्षेत्र लाई अगाडि बढाएर अगाडि बढेको खण्डमा नेपाली कलाकारले पनी फरक किसिमको फड्को मार्न सक्थ्यो की ? गीत संगीतलाई आम दर्शक तथा स्रोता माझमा पुयाइरहदा गीत संगीतले समाजलाई परिवर्तन र सामाजिक परिवेशलाई अझ सम्वेदनशिल रुपमा बुझेर सन्देशमुलक र परिवर्तनकारी गित संगित बनाउनुपर्छ जस्तो लाग्छ ।
० नव कलाकारलाई कस्ता कुरामा ज्ञान हुनुपर्छ जस्तो लाग्छ ?
सकारात्मक सोच र कलाकारिता प्रतिको मोहलाई जिवन्तता दिदै नेपाली मौलिक पनको आभाष दिने किसिमको कलाकारहरुले आफनो सिर्जना प्रस्तुत गर्नुपर्छ । दिगो र दिर्धकालिन सोचको साथ कलाकारितामा आएको खण्डमा कलाकारतालाई स्वच्छ र परिकृत ढंगबाट अगाडि बढाउन सकिन्छ । हामीले हाम्रो कला सस्कृतिलाई संरक्षण गदैँ विश्व परिवेश र भुगोल अनुरुपको संगीतको विकाशमा जोड दिनुपर्छ ।
० आगामी योजना ?
मेरो आगामी योजना गीत संगीतमा नै रहने छ । नेपाली गित संगित बाट टाढा जान सक्दिन । नेपाली माटो सुहाउने र नेपाली पनको अभाष दिने गीत बजारमा ल्याउने नै छु । भविष्यमा सदावहार सुन्न मिल्ने गितहरु निरन्तर रुपमा ल्याउने छु । मेरा गीत संगीत आम नेपाली दर्शक तथा स्रोताको मन तथा मस्तिष्कमा बस्ने गीत बजारमा आउने नै छन ।