Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सशस्त्र प्रहरीको सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा प्रथम भए इन्स्पेक्टर बानियाँ 

Monday, January 30, 2023 National Power

काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ सीमा सुरक्षा तथा व्यवस्थापन तालिम (सिनियर अधिकृत) समापन भएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले माघ १५ गते एक कार्यक्रमका बीच उक्त तालिमको समापन गरे ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमले सो तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिमल बानियाँलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुको साथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने अधिकृतहरुलाई बधाई दिए ।

उनले सीमा सुरक्षा, सीमापार अपराध रोकथाम तथा नियन्त्रणको लागि संगठनले सीमा सुरक्षालाई अझ सुदृढ र सीमा अनुगमनलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजनाकासाथ अघि बढेको चर्चा गर्दै सीमा सम्बन्धी विषयमा संगठनले मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुको समेत विशेष चासो रहने बताए ।

तालिमले व्यक्तिको ज्ञान, सीप र धारणालाई परिवर्तन गर्नुका साथै कार्यक्षेत्रमा परिचालन हुँदा विगतमा भन्दा फरकपन ल्याउँने विश्वास व्यक्त गर्दै उनले सीमामा खटिने सशस्त्र प्रहरी अधिकृतहरुलाई सीमा सुरक्षामा त्रुटिरहित ढंगबाट परिचालन हुन निर्देशन दिए ।

६ हप्ता अवधिकोे सीमा सुरक्षा तथा व्यवस्थापन तालिममा ११ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र १४ जना सशस्त्र प्रहरी निरीक्षकहरु गरी कुल २५ जना अधिकृतहरुको सहभागिता रहेको थियो । उक्त तालिममा सीमा सुरक्षा, सीमा अपराध, ऐन नियम, मानवअधिकार, नेतृत्व तथा व्यवस्थापन, सूचना संकलन, नक्सा अध्ययन र भन्सार सुरक्षा लगायतका विविध विषयमा प्रशिक्षण गराईएको थियो ।

कार्यक्रममा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो