Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पोखरामा भएको जहाज दुर्घटना प्रति दुःख व्यक्त गर्दै परिवर्तन नेपालद्धारा विज्ञप्ति जारी

Sunday, January 15, 2023 National Power

काठमाण्डौ – परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा विशिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलाले आज एक विज्ञप्ति जारी गर्दै पोखरामा भएको यति एयरलाईन्स दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् । साथै निरौलाले विज्ञप्तिमा भनेका छन ” मिति २०७९ साल माघ १ गते आईतबार विहान १०ः ३० बजे काठमाडौं देखि पोखराका लागि २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सहित ६८ जना यात्रुहरु र चालक दलका ४ जना सदस्य सहित ७२ जना सदस्य बोकेर उडेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको खबरले परिवर्तन नेपाल परिवार स्तव्ध भएका छौं ।

आजको यस घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । दुर्घटनामा परि ज्यान गुमाउन पुगेका मृतकका परिवारहरुलाई राहत तथा क्षतीपुर्तिको व्यवस्था मिलाउदै दुर्घटनाको कारण र यसलाई आगामि भविष्यमा नदोहोरिन दिन चाल्नु पर्ने कदमहरुको बारेमा तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहान्छौं ।

यस दुर्घटनामा जीवन गुमाउने हुने विमानमा सवार ५३ नेपाली, ५ भारतिय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अष्ट्रेलियन, १ आईरिसर १ फ्रान्सेली सहित ४ जना चालक दलका सदस्यहरुको प्रति परिवर्तन नेपाल परिवार श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।”  निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएको छ ।