Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

काठमाडौँबाट उडेको १८ मिनेटमा विमान दुर्घटना : नागरिक उड्ययन प्राधिकरण

Sunday, January 15, 2023 National Power

काठमाडौं – पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९एन-एएनसी जहाज दुर्घटनाअघिसम्म सम्पर्कमै रहेको पाइएको छ । अन्तिमक पटक १०ः५० मा सम्पर्कमा आएको पाइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार काठमाडौंबाट १०ः३२ मा उडेको जहाज पोखरा टावरसँग १०ः५० मा सम्पर्कमा आएको थियो । सो बेला जहाज सेती खोंच भन्ने स्थानमा थियो । त्यसपछि जहाज दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण अझै खुलेको छैन । काठमाडौंबाट पोखरासम्मको उडान दूरी २५ मिनेटको हो । जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु थिए । केन्द्रका अनुसार पोखरामा उद्धारका लागि दुई वटा हेलिकोप्टर परिचालन भएका थिए । थप हेलिकप्टरसमेत तयारी अवस्थामा रहेको केन्द्रले जनाएको छ ।