Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सहकारी अभियानका अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई २५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान

Sunday, January 15, 2023 Devil Singh Rajput

बिर्तामोड । सहकारी अभियानका अग्रणी व्यक्तित्व दिपक प्रकाश बाँस्कोटालाई झापा सहकारी सम्मान पुरस्कार प्रदान गरिएको छ । बाँस्कोटालाई झापा जिल्ला सहकारी संघले २५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको हो ।

संघको २६ औँ वार्षिक साधारणसभाको अवसर पारेर बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच बाँस्कोटालाई सम्मान गरिएको थियो।

त्यस्तै, १० हजार ५५५ रुपैयाँ राशिको पुरस्कारबाट उत्कृष्ट सञ्चारकर्मीमा लक्ष्मण ढकाल र पूर्वसञ्चालक सम्मान पुरस्कार हरिकिशोर आचार्यलाई प्रदान गरिएको छ ।

उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाह्रदशी, उत्कृष्ट बचत कारोबार गर्ने सहकारीका रुपमा सिम्रिक बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको थियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कृष्ट कृषि सहकारी संस्थाका रुपमा कमल गाउँपालिकामा रहेको लगनशील कृषि सहकारी संस्था लिमिटेड र उत्कृष्ट कारोबार गर्ने सहकारीका रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरलाई पुरस्कृत गरियो । पुरस्कारको राशि १० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, उत्कष्ट कर्जा कारोबार गर्ने फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्था र विराट बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरियो । पुरस्कारको राशि ५ हजार ५५५ रुपैयाँ रहेको छ ।

कार्यक्रममा सम्मानित व्यक्तित्व बास्कोटा, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।अघिवेशनको बन्द सत्रबाट हरिकृष्ण अधकिारी ३ नम्वर क्षेत्रीय सदस्यमा निर्वाचित भएका छन् ।