Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रतिष्ठानद्धारा बृद्धबृद्धालाई सहयोग हस्तान्तरण

Saturday, January 7, 2023 National Power

काठमाण्डौ – राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई न्यानो कम्बल सहित खाद्यान्न, फलफुल र नगद समेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी दिएका छन् ।

उनका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बुद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरुप उक्त सहयोग गरिएको हो । कला क्षेत्रका बिभिन्न बिधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरु आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा बिबिध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेको छ । कलाकारहरुले भजन गाउन थालेपनि बृद्धाश्रम आश्रीत बुबाआमाहरुले नाचगान गर्दै रमाइलो गरेका थिए ।

कला क्षेत्रका बिभिन्न बिद्यामा आवद्ध संगीतकर्मीको हक–हितका लागि संस्था स्थापना भएपनि सामाजिक कार्यमा समेत सक्रिय रहने उद्देश्य अनुसार आफुहरुले पहिलो काम नै बृद्धाश्रमलाई सहयोग गरेको प्रतिष्ठानका महाचिव दिपक शर्माको भनाई छ ।

आज भन्दा ९ वर्ष अघि स्थापना भएको बृद्धाश्रममा हाल १२ जनाले आश्रय लिइरहेका छन् । आमाहरुका लागि मात्र भनेर सञ्चालन गरिएको आश्रममा हाल भने एकजना बुबालाई पनि आश्रय दिइएको सञ्चालक धनराज भडेलले जनाएका छन् । १३ वर्षकै उमेरमा आमा गुमाएका धनराजले आमा गणेश कुमारीको सम्झनामा यो बृद्धाश्रम सञ्चालन गरेका हुन् । धनराजले आश्रमलाई सहयोग गरेकोमा प्रतिष्ठान प्रति आभार समेत ब्यक्त गरेका छन् । कलाकारहरु आएर नाचगान सहित आमाबुबाहरुलाई मनोरञ्जन समेत प्रदान गरेको भन्दै उनले बुद्ध बुबाआमाको ओठमा खुशी ल्याउने यस्तो कार्यले आफुलाई थप उर्जा मिलेको बताए ।

सहयोग हस्तान्तरणका लागि प्रतिष्ठानका अध्यक्ष बजगाई, महासचिव शर्मा, सचिव सुजाता केसी, कोषध्यक्ष नारायण थापा सहित सदस्यहरु रिता केसी, बेनिशा पौडेल, माइकल चन्द, मनोज परियार, सविन सुबेदी, प्रतिक्षा काफ्ले, उक्तम अधिकारी, भद्र ओली, शिलन लम्साल, पुस्कर सुनुवारलगायतका कलाकर्मी उपस्थित थिए ।