Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मेकअप आर्टिस्ट मञ्जुले मञ्जिना हेयर एन्ड मेकअप स्टुडियो खोलिन

Thursday, December 22, 2022 National Power

काठमाडौं – लामो समयदेखि काठमाडौंको विभिन्न मेकअप स्टुडियो तथा सलुनमा फ्रिलान्सर प्रशिक्षकको रुपमा काम गर्दै आएकी मेकअप आर्टिस्ट तथा व्युटिसियन मञ्जु श्रेष्ठले बुधबारबाट आफ्नो मेकअप स्टुडियो सुरु गरेकी छिन् । ललितपुरको एकान्तकुनामा उनले ‘मञ्जिना हेयर एन्ड मेकअप स्टुडियो’ सुरु गरेकी हुन्। उनको सो स्टुडियोका रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष तथा लायन्स जोन चेयरपर्सन सोनी कारँजितले बुधबार उद्घाटन गरिन् ।
आफु्सँग हेयर एन्ड मेकअप सम्बन्धि लामो प्रशिक्षण लिएर केही वर्ष रोजमा प्रशिक्षकको रुपमा काम गरेपछि उनले काठमाडौंका विभिन्न मेकअप स्टुडियोमा प्रशिक्षकको रुपमा सेवा दिएको सोनीले बताईन् । फ्रिलान्सर भएर धेरैलाई यो क्षेत्रमा सेवा  दिएकी मञ्जुले सुविधा सम्पन्न आफ्नो हेयर तथा मेकअप स्टुडियो खोलेर व्युटी क्षेत्रमा प्रत्यक्ष रुपमा थप योगदान दिन लागेको भन्दै सोनीले सफलताको शुभकामना ब्यक्त गरिन् ।
ललितपुरको एकान्तकुना क्षेत्रमा गुणस्तरयुक्त हेयर तथा मेकअप स्टुडियोको अभाव रहेकाले आफुले एकान्तकुनामा यो स्टुडियो खेलेको मेकअप आर्टिस्ट तथा ब्युटिसियन मञ्जुले बताईन् । आफ्नो हेयर तथा मेकअप स्टुडियोमा हेयर केयर, स्किन केयर र मेकअप सहित सबै सुविधा तथा सेवा रहेको पनि उनले बताईन् । हेयर स्पेसलिस्टको रुपमा समेत परिचित उनले केमिकलका कारण विग्रिएका हरेक प्रकारका कपाललाई आफुहरुले ट्रिटमेन्ट गरेर गुणस्तरीय बनाउने पनि जिकिर गरिन् ।
सो उद्घाटन समारोहमा सञ्चारकर्मी सूर्य चन्द, बरिष्ट प्रहरी नायव निरिक्षक पुरुषोत्तम सानुलगायतले पनि मञ्जुलाई नयाँ मेकअप स्टुयोको सफलताको शुभकामना दिँदै उनको कार्यको चर्चा गरेका थिए ।