Sunday 5th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

Tuesday, December 13, 2022 National Power

काठमाडौं – विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो । यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ । दुई पटकको विश्व विजेत बनेको अर्जेन्टिना तेस्रो उपाधि नजिक पुग्ने योजनामा हुनेछ । अर्जेन्टिनाले सन् १९७८ र १९९६ को विश्वकप जितेको थियो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पनि अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् । मेस्सीका लागि यो विश्वकप अन्तिम मौका हुनेछ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना बनाएका मेस्सीले यो विश्वकप उपाधि जित्दै अन्तिम विश्वकपका रुपमा लिने योजना बनाएका छन् । यता क्रोएसिया पनि अघिल्लो संस्कणमा गुमको उपाधि यो पटक भने आफ्नो बनाउने योजनामा छ । क्रोएसियाका कप्तान लुका मोड्रिच पनि आफ्नो अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् ।