Tuesday 26th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

पहिलो मुस्लिम नायिका सानियाको जन्मदिन

Friday, December 2, 2022 National Power

काठमाडौ -नायिका सानिया खानले आज शुक्रबार (मंसिर १८) आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई गए राति नै परिवारका सदस्यले केक काटेर ‘बर्थ डे सरप्राइस’ दिएका हुन् । ‘एक्कासी बर्थ डे केक देख्दा सरप्राइस्ड भएँ,’ उनले भनिन्, ‘मलाई केही थाह थिएन, उहाँहरुले तयारी गर्नु भएको रहेछ । एकछिन् त यो सपना त होइन ! जस्तो भयो ।’ सानीयाले यो आफ्नो कतिऔं जन्मदिन हो,त्यो भने खुलाएकी छैनीन् । आफ्नो जन्मदिन बिशेष रुपले मनाउन थुप्रै साथी तथा शुभचिन्तकहरुले पार्टी आयोजना गरिरहेको उनले सुनाइन् ।
पहिलो मुस्लिम नायिकाको रुपमा समेत परिचीत सानीया अभिनीत पछिल्लो फिल्म ‘हिड्दा हिड्दै’ माघ २० गते प्रदर्शन हुदैछ । ‘कुइनेटो’ ‘डोली’,‘प्रेमकाण्ड’ लगायतका फिल्ममा अभिनय गरिसकेकी उनी पछिल्लो समय अभिनयका साथै सौन्दर्य ब्यावसायमा समेत ब्यस्त छिन् । देशबिदेशबाट आफन्त,साथी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेकोमा निकै खुशी लागेको उनी बताउँछिन् । उनलाई हाम्रो पनि शुभकामना ।