Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गर्दै गरिमा बचत

Friday, December 2, 2022 National Power

facebook sharing button
काभ्रेपलान्चोक – गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । आज शुक्रबार संस्थाको १२ औं बार्षिक साधारणसभा सम्पन्न भएको हो

सभाले चालु आर्थिक वर्ष २०७८/७९ को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०७९/ ८० को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । संस्थाले आफ्नो साधारणसदस्य लाई २० प्रतिशात बोनस प्रदान गरेको छ ।  

बिहान ९ बजेबाट शुरु भएको १२ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष सुधीर बैधले गरेका हुन भने साधारणसभाको संस्थाका अध्यक्ष सुधीर बैधले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुधीर बैधले पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्‍याएको बताउनु भयो ।अझैपनि सदस्यहरुलाई सहकारी बुझाउन बाँकी रहेको बताउनुभयो । आफू सधैं सहकारीकै हकहितमा लागि परिरहेको र सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।  

लेखा समितीका संयोजक कुमुदा श्रेष्ठले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष हरि गोपाल कायस्थले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।  

सहकारीमा झण्डै ३५ सय जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष बुद्ध शरण मानन्धर, सचीव संगम थापा, लेखा परिक्षण समिति संयोजक बिजेन् रजित उपसमिति, संस्थाका कर्मचारी लगायत सेयर सदस्य उपस्थित रहेको गरिमा बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक अमित मानन्धरले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।