Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

इनास अमेरिकाले सात जनालाई सम्मान गर्दै

Saturday, November 26, 2022 National Power

काठमाण्डौ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले अमेरिकामा विभिन्न क्षेत्रका सात व्यक्तिलाई सम्मान गर्ने भएको छ। ‘अग्रजलाई सम्मान,बालबालिकालाई प्रोत्साहन’ नाराका सहित नोभेम्बर २६ तारिक शनिवार   मेरील्याण्ड राज्यको बाल्टिमोरमा एक विषेश साँस्कृतिक कार्यक्रमका बीच इनासले सात व्यक्तिलाई सम्मान गर्ने भएको हो।

यसै गरि प्रोत्साहन स्वरुप नया पुस्ताका द भ्वाइसकी प्रतियोगी इनास मेरिल्याण्डकी युवा सदस्य परिजिता बास्तोला ,भ्वाइस अफ नेपालको प्रतिस्प्रद्धामा सहभागी भएका इनास केन्टकीका सदस्य प्रनिम राई तथा थुप्रै संगीत भिडियोमा अभिनय गरेका बाल कलाकार सम्राट दाहाललाई पनि प्रोत्साहन पुरस्कार वितरण गरिने छ ।

प्रवासमा रहेर पनि कला,संगीत,साहित्य,समाजसेवा,खेलकुद र पत्रकारिता मार्फत योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित हुन लागेका हुन्।इनास अमेरिकाका राष्ट्रिय अध्यक्ष कन्हैया सिंह परियारका अनुसार सम्मानित हुने ब्यक्तित्वहरुमा साहित्यकार होमनाथ सुबेदी,गायिका सपना श्री ,चलचित्र निर्मात्री तथा नायिका अनसुया श्रेष्ठ वन्त रहेका छन्। यस्तै समाजसेवि डा। श्याम कार्की, डा। बिष्णुमाया परियार,खेलाडी बिना खड्का लामा र पत्रकार दाजुभाइद्वय विश्व थापा र बिजय थापाले पनि इनासबाट सम्मान पाउने छन्।