Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विश्वकपमा आज तीन खेल हुँदै

Monday, November 21, 2022 National Power

काठमाडौं -कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले इरानको सामना गर्दैछ । सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ ।

समूह ‘बी’ रहेको इङ्ल्यान्ड सहज जितसँगै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ । पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको इरान यो पटक भने अन्तिम १६ मा पुग्ने पहिलो लक्ष्यमा हुनेछ ।

यता इरान पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । आज नै हुने समूह ‘ए’ को खेलमा सनेगलले नेदरल्यान्ड्सँग भिड्दै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।