Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

विश्वकपमा आज तीन खेल हुँदै

Monday, November 21, 2022 National Power

काठमाडौं -कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरू हुँदैछन् । आज हुने पहिलो खेलमा इङ्ल्यान्डले इरानको सामना गर्दैछ । सन् १९६६ मा च्याम्पियन इङ्ल्यान्ड यो पटक च्याम्पियन शैलीमा उत्रने योजनामा छ ।

समूह ‘बी’ रहेको इङ्ल्यान्ड सहज जितसँगै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ । पाँच पटकसम्म समूह चरण पार गर्न नसकेको इरान यो पटक भने अन्तिम १६ मा पुग्ने पहिलो लक्ष्यमा हुनेछ ।

यता इरान पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । आज नै हुने समूह ‘ए’ को खेलमा सनेगलले नेदरल्यान्ड्सँग भिड्दै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।