Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ललितपुरको तीन वटै क्षेत्रमा एमालेको अग्रता, लौरो र घण्टीको राम्रो मत

Monday, November 21, 2022 National Power

ललितपुर -ललितपुरको तीन वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । क्षेत्र नम्बर १ मा १२८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार कांग्रेसका उदय शमशेर राणाले ४०२ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ९३ मत पाएका छन् ।

यस्तै ललितपुर क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । एमालेका उम्मेदवारले २९८० मत पाएका छन् भने लौरो चिह्न भएको हाम्रो पार्टीका उम्मेदवारले २४९७ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका  उम्मेदवारले १४७७ मत पाएका छन् ।

यसैगरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेका अमृत खड्काले अग्रता बनाएका छन् । उनको पछिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की रहेकी छन् । १३०० मत गणना हुँदा खड्काले ५१६ मत पाएका छन् भने कार्कीले ४९८ मत पाएकी छन् । यस्तै माओवादी केन्द्रकी २९८ मत पाएकी माओवादी केन्द्रका पम्फा भुसाल तेस्रो स्थानमा छन् ।