Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

मतदान तथा मतपत्रको गोप्यता कायम गर्न प्रमुख आयुक्त थपलियाको आग्रह

Wednesday, November 16, 2022 National Power

काठमाडौं -प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेका छन् । कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु उनीहरूको सार्वभौम अधिकार भएकाले मतदातालाई गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले भने, “कोही कसैबाट जो कोही मतदातालाई डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा पारेर मतदान प्रक्रियाको गोप्यता भङ्ग गर्नु गराउनु निर्वाचन आचारसंहिता, निर्वाचन (कसुर तथा सजाय) ऐन तथा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ (मतदान निर्देशका) अनुसार दण्डनीय हुनेछ ।”

उनले मतदान प्रक्रियाको गोप्यता भङ्ग गरिएको मतपत्र मतपेटिकामा खसाली नसकेको भए मतदान अधिकृतले मतपत्रलाई छुट्टै खाममा राखी त्यस्तो खाममा सोही ब्यहोरा उल्लेख गरी शिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्ने र त्यस्तो मतपत्र गणना नगरिने व्यवस्थाको स्मरण गराउँदै आफ्नो नाममा बाहेक अरुको नाममा मत हाल्न, पटकपटक मतदान गर्न, मतपत्र बिगार्न वा नष्ट गर्ने कुनै वस्तु वा पदार्थ मतपेटिकमा खसाल्न नहुने बताए ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ९ मा कसैले पनि मतपत्रमा मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा मत सङ्केत नगरी त्यसभन्दा बाहिर गई मत सङ्केत गर्न वा मत सङ्केत गरेको ब्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न, छाप लगाएको मतपत्र आफूसँग लिएर जान नहुने व्यवस्था छ । त्यसैगरी मतपत्रको गोप्यता भङ्ग हुँदा अन्य दल तथा उम्मेदवारले समेत सम्बन्धित मतदातालाई विभिन्न किसिमका असहजता सिर्जना गर्न सक्छन् र यसले व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत गम्भीर असर पु¥याउने आयोगले जनाएको छ ।