Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

देश विकास गर्ने पालो युवापुस्ताको हो :अध्यक्ष ओली

Wednesday, November 16, 2022 National Power

काठमाडौं -नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए ।

ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य तथा अनुभवी व्यक्तिलाई उम्मेदवारका रूपमा खडा गरेको सुनाए। उनले उक्त क्षेत्रमा युवापुस्ताको उल्लेख्य सहभागिता भएकोप्रति खुसीसमेत व्यक्त गरे ।