Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

रामचन्द्र अधिकारीको स्वास्थ्यको विषयमा कलाकार संघले निकाल्यो विज्ञप्ती

Thursday, October 20, 2022 National Power

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघले आफ्नो संस्थाको सदस्य चरित्र अभिनेता रामचन्द्र अधिकारीको सम्वन्धमा सामाजिक सन्जालमा आएको समाचार प्रति संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ती जारी गरेको छ ।

रामचन्द्र अधिकारी केही दिन अगाडी देखी निमोनियावाट पिंडित भएको कारणले मेडीकेयर अस्पतालमा उपचार गराइ रहेका छन् । संघका का.वा. अध्यक्ष श्री सानु कुमार ताम्राकार तथा संस्थाका सदस्यहरुले कलाकार अधिकारीलाई नियमित भेटिरहेको र उनको स्वास्थ्यमा सुधार आईरहेको वताएका छन् । अब दुई दिन पछि डिस्चार्ज गरिने कुरा अधिकारीका परिवारले बताएको कलाकार संघले विज्ञप्तीमा जनाएको छ ।

संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तीमा कलाकार रामचन्द्र अधिकारीको संम्वन्धमा आएको भ्रामक र अतिरञ्जित समाचार प्रति कलाकार संघले खेद ब्यक्त गर्दै यस्ता किसिमका कपोकल्पित, भ्रामक तथा तथ्यहिन समाचारमा कुनै विश्वासनियता र आधार नभएकाले आम जनमानसलाई भ्रममा नपर्न पनि विज्ञप्तिमा भनिएकोे छ ।