Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

Sunday, October 16, 2022 National Power

काठमाडौं – वि.सं.१९७७ असोज ३० गते ललितपुरको पाटनमा जन्मिएका संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आईतवार बिहान निधन भएको हो ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
उपचारकै सिलसिलामा असोज ३० गते आईतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो।

नेशन पावर न्यूज परिवार संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

https://en.wikipedia.org/wiki/Satya_Mohan_Joshi