Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

Sunday, October 16, 2022 National Power

काठमाडौं – वि.सं.१९७७ असोज ३० गते ललितपुरको पाटनमा जन्मिएका संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आईतवार बिहान निधन भएको हो ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।
उपचारकै सिलसिलामा असोज ३० गते आईतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हो।

नेशन पावर न्यूज परिवार संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

https://en.wikipedia.org/wiki/Satya_Mohan_Joshi