Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चलचित्र “द आउट लेयर”मा अनिताको ईन्ट्री

Thursday, October 13, 2022 National Power

काठमाण्डौ – करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी अनिता गिरी अब ठूलो पर्दामा देखिने तयारीमा रहेकी छन्। खोटाङ सिम्पानी स्थायी घर भई काठमाडौँलाई कर्मथलो बनाएकी उनी विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरिरहेकी छन् ।

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनले पहिलो भिडियो ‘बैगुनीले गएको थियो छोडेर’ गीतमा गरेकी थिइन्। त्यसपछि ‘सजाए तिम्रो माया’, ‘लगन जुर्‍यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता गीतका भिडियोमा उनले कुशल अभिनय गरिसकेकी छन् । म्युजिक भिडियोमा अभिनय गरेसँगै उनले केही अवार्ड पनि हात पारिसकेकी छन् ।

अब उनी विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दै छिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरिसकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा समेत सहभागी भइसकेकी छन् ।

अभिनयमै पूर्ण रूपमा समर्पित भएकी उनी सबै प्रकारको भूमिकालाई न्याय गर्न सक्ने क्षमता आफूमा रहेको दाबी गर्छिन् । म्युजिक भिडिओ र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो हेर्न त बाँकी नै छ तर, उनी भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्छिन् ।

NEWS SOURCE : ktmdainik