Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

मलेसियाका लागि नवनियुक्त राजदूत पौडेलद्धारा ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश

Friday, September 30, 2022 Devil Singh Rajput

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि आज एउटा कार्यक्रमका वीच मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोहम्मद अनि बिन अतनसमक्ष पेश गरेका छन् ।

सो कार्यक्रममा मलेसियाका शिष्टाचार महापालले नवनियुक्त महामहिम राजदूतलाई मलेसियाको लागि नेपालको राजदूत पदमा नियुक्ति हुनुभएकोमा बधाई ज्ञापन गर्दै मलेसियामा स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गरे।

सो अवसरमा नवनियुक्त राजदूत पौडेल र र शिष्टाचार महापाल अतनले नेपाल र मलेसिया विचमा ऐतिहासिक रुपमा रहेको प्रगाढ सम्बन्धको वहुआयामिक पक्षमा छलफल गर्दै वर्तमानमा यी मुलुकहरु वीचमा रहेको जनस्तरको सम्बन्धले दुई मुलुकवीचको सम्बन्धलाई थप मजबुत बनाएकोमा खुशी व्यक्त गरे । यस्तै उनीहरुले दुईपक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हितको प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघी वढ्दै जाने कुरा समेत व्यक्त गरेको नेपाली राजदूतावास, क्वालालम्पुरले जनाएको छ ।

नवनियुक्त राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुभएको सम्बन्धमा ।

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत महामहिम श्री डिल्लीराज पौडेलज्यूले आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि आज एउटा कार्यक्रमका वीच मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल H. E. Mr. Mohd Aini Bin Atan समक्ष पेश गर्नुभयो। सो कार्यक्रममा मलेसियाका शिष्टाचार महापालले नवनियुक्त महामहिम राजदूतलाई मलेसियाको लागि नेपालको राजदूत पदमा नियुक्ति हुनुभएकोमा बधाई ज्ञापन गर्दै मलेसियामा स्वागत गर्नुभयो र निजको सफल कार्यकालका लागि शुभकामना समेत व्यक्त गर्नुभयो। नवनियुक्त महामहिम राजदूत र शिष्टाचार महापालले नेपाल र मलेसिया विचमा ऐतिहासिक रुपमा रहेको प्रगाढ सम्बन्धको वहुआयामिक पक्षमा छलफल गर्दै वर्तमानमा यी मुलुकहरु वीचमा रहेको जनस्तरको सम्बन्धले दुई मुलुकवीचको सम्बन्धलाई थप मजबुत बनाएकोमा खुशी व्यक्त गर्नु भयो। उहाँहरुले दुईपक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हितको प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघी वढ्दै जाने कुरा समेत व्यक्त गर्नुभयो।