Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

राजदुत डिल्लीराज पौडेललाई मलेसियामा भव्य स्वागत

Wednesday, September 28, 2022 Devil Singh Rajput

गैर आवासिय नेपाली संघ एनआरएनए मलेसिया , नेपाली व्याबसायी समाज र नेपाल आदिबासी जनजाति महासंघको संयुक्त आयोजनामा मलेसियाका लागी नव नियुक्त राजदुत डिल्लीराज पौडेललाई स्वागत तथा महान पर्वहरू बिजया दशमी , शुभ दिपावली र छठ पर्वको अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ । राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यता र दुताबासका डिसिएम मोती बहादुर श्रीष ,एनआरएनए एशिया प्याशिफिक डिआरसी हरि प्रसाद भट्टराई, एनआरएनए मलेसियाका सँस्थापक अध्यक्ष शंकर बहादुर पौडेल तथा बिभिन्न संघ संस्था राजनीतिक दलका भातृ संगठनहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राजदुत पौडेललाई उपस्थित संघ सँस्थाका प्रतिनिधी र मलेसियामा रहेका नेपालीहरुले स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा राजदुत पौडेलले आफुले सबै नेपाली संघ-सँस्थासँग सहकार्य गरेर नेपाल र नेपालीको लागी केही नया काम गर्ने बताए । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदुत पौडेलले बताए । तलब सुविधा, सीप विकास, आवास, उपयूक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ रहेको छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिइ श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकोले त्यसतर्फ प्रयास गरिने उनले बताए ।
मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि उनले प्राथमिकता दिने बताए ।
नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्वन्ध बलियो बनाउने बताउदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवर्द्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिने उनले बताए । नेपाल-मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई समेत प्राथमिकता दिने उनले बताए ।
हाल मुख्य रोजगारीको गन्तव्य मानिएको मलेसियामा धेरै परिवर्तन ल्याउने कोशिष गर्ने पौडेलले बताए । कार्यक्रममा राजदुत पौडेलले दुतावासको सफलताका लागी नेपाली संघ,सँस्थाहरु समस्त नेपालीको ठुलो हात रहने बताए ।

कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूले महत्वपुर्ण समय खर्चेर निमन्त्रणालाई स्वीकारी उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा एनआरएनए मलेसियाका अध्यक्ष थापाले धन्यवाद ब्यक्त गरे । थापाले मलेसियामा रहेका सबै संघ सँस्थाहरु बिच सहकार्य गर्दै राजदुतावासको समन्वयमा अगाडी बढ्ने बताए ।
बिश्वका धेरै देशमा दोस्रो राजदुतावासका रुपमा सामाजिक कार्य गर्दै आएको गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष थापाले धेरै पछी मलेसियामा राजदुत आउनुभएकोमा खुशी ब्यक्त गरे । थापाले आफूहरुले बिगतका दिनमा जस्तै दुतावासको निर्देशनमा सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
कार्यक्रममा
एनआरएनएका आईसिसि सदस्य नेत्र केसी,एनआरएनए मलेसियाका उपाध्यक्ष ईन्द्र लिम्बु,हेमराज सापकोटा,दिल केरुङ,सचिव नारायण अधिकारी,महासचिव रंजित क्षेत्री,कोषाध्यक्ष कृष्ण नेपाल,सहकोषाध्यक्ष बलध्वज लिम्बु,युवा संयोजक अरुण गिरीलगाएत अन्य संघ-सँस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन गैर आवासीय नेपाली संघका महासचिव रन्जित क्षेत्रीले गरेका थिए ।
मलेसियाको क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा भएको उक्त कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।