Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’ –२०७९’ भव्यरुपमा सम्पन्न

Friday, September 23, 2022 National Power

काठमाडौं – राष्ट्रिय साधना म्यूजिक अवार्डको तेस्रो संस्करण ‘राष्ट्रिय साधना म्यूजिक अवार्ड ‘रिवार्ड’ –२०७९’ भव्यरुपमा सम्पन्न भएको छ । महाराजगन्जस्थित रोयल दरबार रेष्ट्रोको सभाहलमा असार ५ गते सम्पन्न कार्यक्रममा २६ विधाका कलाकारहरुले अवार्ड ‘रिवार्ड’ पाए । कार्यक्रममा पूर्वेली लोक संगीतका शिखर व्यक्तित्व वरिष्ठ गायक तथा संगीतकार जीतेन राईलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो । उनले आफ्ना गीत संगीतमा बिनायो, मुर्चुङ्गा, टुङ तथा यलम्बर बाजा लगायतका मौलिक लोकबाजाहरूको संरक्षण अभियान र प्रयोग एवं संयोजन गर्दै आएका छन् ।

त्यस्तै बरिष्ठ साहित्यकार नवराज लम्साललाई दिर्घ साहित्य सम्मान अर्पण गरियो भने बरिष्ठ गायिका देबिका बन्दनालाई ‘संगीत रत्न सम्मान’ बाट सम्मानित गरियो । त्यस्तै पत्रकार ध्रुबहरी अधिकारी र किरण अधिकारीलाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो । विगतका वर्षमा उत्कृष्ट कलाकारलाई प्रमाणपत्र र अवार्ड प्रदान गरिंदै आएको यस अवार्ड तेस्रो संस्करणमा आइपुग्दा कलाकारले प्रमाणपत्र र ट्रफीका साथमा नगद समेत प्राप्त गरेका थिए । अवार्ड विजेता सबै कलाकारलाई रु ५ हजार प्रदान गरिएको थियो । यसरी कलाकारलाई अवार्डको साथमा नगद प्रदान गरिएको यो नै पहिलो कार्यक्रम हो ।

सामना क्रियसनकी अध्यक्ष सामना शाहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता रहेको थियो । अवार्डका कमिटीका सदस्य सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राखेका थिए । दिपज्योती थापाले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला र पत्रकार शान्तिप्रियले शुभकामना मन्तव्य राखेका थिए ।

 तेस्रो साधना म्यूजिक अवार्ड–रिवार्ड जित्न सफल बिजेताहरुको नामावली यस प्रकार रहेको छ :-

१. उत्कृष्ट राष्ट्रिय भावको गीत – सन्तोष श्रेष्ठ खोजीरहेछ देशले
२. उत्कृष्ट लोक गीत – चेतन गोतामे – मेरी आमा
३.उत्कृष्ट लोकदोहोरी शब्द – शिब हमाल – भीरमा सेती गाई
४. लोकदोहोरी संगीत – प्रसाद लामिछाने – मीर्सी खानेलाई
५. उत्कृष्ट गायक – प्रकाश पराजुली
६. उत्कृष्ट गायिका – पूर्णकला बिसी सनिसार
७. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष – महेन्द्र गौतम– कसको अनुमती
८. उत्कृष्ट लोकदोहोरी मोडल महिला – सरस्वती खत्री – रेलको बाटो (फिमेल भर्सन)
९. उत्कृष्ट लोकदोहोरी मोडल पुरुष डान्स – ओबी रायमाझी – रमरम मरौटी
१०. लोकदोहोरी मोडल महिला डान्स – आयुष्मा कार्की – घर कता हो बैनीको
११. उत्कृष्ट निर्देशक लोकदोहोरी – बबिता श्रेष्ठ – यति सोध्न मन छ
१२. उत्कृष्ट गीतकार आधुनिक – लोकराज अधिकारी – भन्नुहुन्थ्यो बाले
१३. उत्कृष्ट संगीत आधुनिक पप – सन्तोष केसी – तिम्रो नाममा धड्किन्छ यो मुटु
१४. उत्कृष्ट गायक आधुनिक पप – चिरन्जीवी भण्डारी – मन त यो हरामी
१५. उत्कृष्ट गायिका आधुनिक पप – रिता केसी – तिमी पनि हरायौ
१६. उत्कृष्ट मोडल आधुनिक पप (पुरुष) – बिक्रम बुढाथोकी – रुवाउने हजार
१७. उत्कृष्ट मोडल आधुनिक पप (महिला) – निरुता शाही – आधी रात
१८. उत्कृष्ट निर्देशक आधुनिक पप – देबेन्द्र पाण्डे – गाउँले ठिटो
१९. उत्कृष्ट छायाँकार आधुनिक पप – शम्भु चालिसे – मुटु खाने माया
२०. उत्कृष्ट भिडियो सम्पादक आधुनिक पप – सुजन शाही – मुटु खाने माया
२१. उत्कृष्ट एरेन्जर आधुनिक पप – डोलराज बाह्रघरे – के भर अर्काको
२२. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायक – बालचन्द्र बराल
२३. उत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका – सपना रोका
२४. जुरी अवार्ड गायक – रमेशराज भट्टराई – भन साईंला
२५. जुरी अवार्ड संगीतकार – रोषन सिंह – तिमीलाई नोटले बदल्यो
२६. पब्लीक च्वाइस अवार्ड गीतकार – रामचन्द्र ढकाल – माया छरेर माया फरार