Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

“पारा तात्या छ”भन्दै आए गोपाल ढकाल ‘छन्दे’ र श्रीदेव भट्टराई (भिडियो सहित)

Tuesday, September 20, 2022 National Power

काठमाडौँ-बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको भिडियोका निर्देशक सुब्रत आचार्य हुन् । गायक श्रेष्ठले यो गीत ‘क्लब डान्स’ स्टाईलको रहेको बताए । यस गीतमा तीन साथीहरुको मस्तीको सपनालाई प्रस्तुत गरेको निर्देशक आचार्यले बताए । यस गीतको रचना डिपि खनालले गरेका हुन् भने संगीतकार गिरीले गीतमा र्‍याप दिएका छन् ।

जया शर्मा क्रियटिभ निर्देशक तथा निम बाबु तामांगको कोरियोग्राफी रहेको यस भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक बिकास दाहाल हुन् । हरि ठकुरी र भिमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रडक्शन डिजाईन रहेको छ भने केशव पाण्डेले स्टिल फोटोग्राफी गरेका छन् ।