Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा ७ को १९ औं बार्षिक साधारण सभा सम्पन्न

Thursday, September 15, 2022 National Power

उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि वनेपाको १९ औ बार्षिक साधारण सभामा संस्थाका सचिब दियेसरत्न शाक्य , कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी तथा लेखा सुपरीबेक्षण समितिका संयोजक शान्तिराज कायस्थले पेश गर्नु भएको आ–आफ्नोे प्रतिबेदन अनुसार उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि. वनेपाको आर्थिक बर्ष २०७८।०७९ मा कुल सदस्य संख्या २४९०,जगेडा तथा अन्य कोष गरी कुल रु ५करोड ११ लाख ४४ हजार, कुल शेयर पुंजी ५ करोड २६ लाख ९ हजार, कुल बचत ७८ करोड ३२ लाख ८३ हजार, कुल कर्जा सापट ७३ करोड ८४ लाख २४ हजार , कुल आम्दानी ९ करोड ५८ लाख ६५ हजार , कुल खर्च ७ करोड ५७ लाख ५७ हजार भई कुल सम्पत्ती ९० करोड १० लाख ६२ हजार भएको बताउनु भयो । उक्त साधारण सभामा ८० बर्ष र सो भन्दा बढी उमेर भएका संस्थामा कारोबार गरिरहेका जेष्ठ शेयर सदस्यहरुलाई रु ५०००।–नगद सहित सम्मान गरिएको थियो ।

उत्कृष्ठ बचत तथा ऋणमा कारोबार गर्ने शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । सोही अबसरमा प्रमुख अतिथि शान्तिरत्न शाक्यले संस्थाले नगरपालिकाको कुनै पनि कार्यक्रममा सहयोग गर्नु पर्ने उल्लेख गर्नुका साथै अर्का बिशिष्ठ अतिथि काभ्रे जिल्ला बचत तथा ऋण सहकारीका उपाध्यक्ष तथा बनेपा नगर पालिकाका सहकारी संयोजक श्री सागरनाथ कपालीले संस्थाले संस्था निती, बिधि, प्रबिधि र प्रणाली अनुसार संचालन भई शेयर सदस्यहरुको मन जित्न सफल भएको बताउनु भएको थियो । संस्थाका सबै पदाधिकारीहरु, शेयर सदस्य तथा पत्रकारहरुको उपस्थिती रहेको साधारण सभा संचालन संचालक सदस्य दिब्यश्वरी लाखे पोटेले, स्वागत भाषण संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले तथा धन्यबाद ज्ञापन तथा सभा बिसर्जन संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले गर्नु भएको थियो ।