Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

जेम्स बन्डको फिल्मका डविङ आर्टिस्ट क्रिस्टोफरले गरे ‘गोर्खा वारियर’को डविङ

Wednesday, September 14, 2022 National Power

काठमाडौं- सन २०२३ मा विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘गोर्खा वारियर’को यतीबेला लन्डनमा स्वराँकन भईरहेको छ । हलिउडका लोकप्रिय डविङ कलाकार क्रिस्टोफर केन्टले यो चलचित्र को टिजर र ट्रेलर मा स्वराँकन गरेका छन् । जेम्स बोन्डको फिल्म नो टाईम टु डाई, फ्रोजन २, आर्टिमिस फलसहित हलिउडका चर्चित फिल्म तथा सैयौं टिभिसी, डक्युमेन्ट्रीमा आवाज दिईसकेका यी डबिंग आर्टिस्टले बेलायतको लन्डन स्टुडियोमा फिल्म गोर्खा वारियरको स्वराँकन गरेका हुन् ।
यस अघि ‘गोर्खा वारियर २’ नाम राखिए पनि अब यो फिल्मको नाम ‘गोर्खा वारियर’ हुने छ । यसको दोश्रो संस्करण अर्थात गोर्खा वारियर २ निर्माण अर्को वर्ष हुने छ । दर्जन सफल चलचित्र दर्शकमाझ ल्याईसकेका निर्देशक मिलन चाम्ले चलचित्र ‘गोर्खा वारियर’ को निर्माण निर्देशन गरेका हुन् । नेपाल, भारत, मलेशिया लगायतका देशमा छायाँकन भएको यो फिल्मलाई नेपालसँगै विश्वव्यापी रुपमा एकसाथ रिलिज गर्ने निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।
गोर्खा सैनिकले विश्व युद्धमा गरेको सँघर्ष र सफलताको कथामा यो चलचित्र निर्माण भईरहेको छ । चलचित्रको मुख्य नायकमो रितेश चाम्स छन् । निकै लामो तयारी पश्चात रितेशले यो चलचित्रबाट नेपाली फिल्म उधोगमा नायकको रुपमा डेब्यु गर्दैछन् ।
रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, लगायतकाकलाकारको मुख्य भूमिका रहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्माताको रुपमा सुरेश राई छन् ।
गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।