Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेत्रज्योति संघका महासचिव चन्द र बोर्ड सदस्य डा श्रेष्ठलाई अन्तराष्ट्रिय अवार्ड

Sunday, September 11, 2022 Devil Singh Rajput

काठमाडौँ, २६ भदौ । आाँखा स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द र बोर्ड सदस्य डा सविना श्रेष्ठलाई भारतमा अवार्डद्धारा सम्मान गरिएको छ । एशोसिएसन अफ कम्युनिटी अफथाल्मोलोजिस्ट अफ इन्डियाले चन्दलाई संघ मार्फत विभिन्न पहुँच नभएका व्यक्तिहरुलाई आँखा सेवा पुराएको र डा सविनालाई गाउँ गाउँसम्म पुगेर बालबालिकाको आँखा स्वास्थ्य सुधार गर्न योगदान गरेको भन्दै अवार्ड प्रदान गरेको हो ।

चन्दलाई ‘डा रामप्रसाद पोखरेल इन्डो नेपाल फ्रेन्डसीय अवार्ड’ र डा सविनालाई ‘मेहरा एकोइन अवार्ड’ प्रदान गरिएको हो । कार्यक्रम भारतको कास्मिरमा सम्पन्न भएको थियो ।