Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

खुशीलाई ‘किड्स सुपर मोडल २०२२’ को उपाधी

Wednesday, September 7, 2022 Devil Singh Rajput

खुशी शर्माले ‘किड्स सुपर मोडल २०२२’ को शीर्ष उपाधि चुमेकी छिन् । अन्य प्रतियोगितालाई पछि पार्दै शर्मा आईतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित स्पर्धामा विजेता बनेकी हुन् । शिर्ष उपाधी विजेता शर्माले उपाधिका साथमा अन्य आकर्षक उपहारहरुसहित मोडलिङ सम्वद्द विभिन्न अवसरहरु प्राप्त गरेकी छिन। \

आर्शु महर्जन र सुगन्धा अधिकारीको अफिसियल कोरियोग्राफीमा बालाबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर तथा नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा रुबिना घिमिरे फर्स्ट रनर अप त्यसैगरी लाभन्या क्षेत्री सेकेण्ड रनर अप र भिक्टोरिया भुटिया श्रेष्ठ ब्राण्ड एम्बास्डर चुनिए । बालाबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको एभरेष्ट ईभेन्टसका सिईओ कृष्ण श्रेष्ठले जनाए ।

श्रेष्ठले अब आउँने दिनमा प्रतियोगितालाई झनै परिष्कृत र स्तरीय बनाउन आफु लागिपरिरहेको बताए। चर्चित अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त प्रतियोगिताको निर्णायकमा ईनोभेसन ईभेन्ट मेनेजमेन्टका एमडी महेश केसी, मर्निङ ग्लोरी ईन्टरटेनमेन्ट्की सिईओ, नेशनल एकेडेमी हाईस्कूलकी प्रिन्सिपल मोहना मोथे खनाल, अन्तर्राष्ट्रिय मोडल तथा नायक दीपक घिमिरे, ग्लोवल अनलाईन पे तथा मोडल सङ्ग्स नेपालका सिईओ डेविल सिंह राजतपुत, मोडल तथा एयरहोस्टेस दिव्या महर्जन रहेका थिए।