
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रुसलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रुसलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री देउवाले आफूले कन्जरभेटिभ पार्टीले बनाउने प्रधानमन्त्रीसँग दीर्घकालीन रुपमा सहकार्य गर्न तयार रहेको बताएका छन् । देउवाले भनेका छन्, ‘ नेपाल र बेलायतको सुमधुर सम्बन्ध दीर्घकालसम्म कायम राख्नको लागि म बेलायत प्रधामन्त्री ट्रुससँग सहकार्य गर्न तत्पर छु।’
लिजले अक्सफोर्डबाट अर्थशास्त्र दर्शनजस्ता विषयमा अध्ययन गरेकी छिन् । विश्वविद्यालय पढ्दा बेला उनी लिबरल डेमोक्रयाटिक पार्टीको विद्यार्थी संगठनकी अध्यक्ष बनेकी थिइन् । उनी गाँजा फुकुवा गरिनुपर्ने अभियानमा समेत जोडिएकी थिइन् । त्यसबेला उनी राजतन्त्र बेलायतबाट उखेलिनुपर्ने जस्ता कडा मतहरु पनि पेश गर्थिन् ।
सुरुमा जति कट्टरपन्थी सोच राखे पनि अक्सफोर्ड छाडेसँगै उनले पार्टी पनि छाडिन् । उनी कन्जर्भेटिभ पार्टीतिर लागिन्, जसले उनलाई कालान्तरमा प्रधानमन्त्री बन्ने बाटो खुलायो ।


नयाँ बर्ष विक्रम संम्बत् २०८३ सालको सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुमा हार्दिक मंगलमय...
काठमाडौं – नेपाली कला र सर्जनाको सम्मान, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सातौँ संस्करणको...
काठमाडौँ – राजधानी काठमाडौँमा १६औँ संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’ भव्यताका साथ सम्पन्न भएको छ। विन्ध्यवासिनी...
काठमाडौँ – ब्युटिसियनहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासलाई लक्षित गर्दै आयोजना गरिएको ‘न्युलुक ब्युटी...
काठमाडौँ- एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम...
काठमाडौं- ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण बैशाख १५ देखि १७ गतेसम्म...